Subscribe Us

पर्यटनमा ठगी,
शक्ति केन्द्रमा जगजगी

काठमाडौं । शक्ति केन्द्रको आडमा अकुत सम्पत्ति कमाएका एक पर्यटन व्यावसायीले अहिले शक्तिकेन्द्रको आडमा जगजगी मच्चाएका छन् । 

सरकारले ट्रेकिङ व्यावसायीको ठगीका सम्बन्धमा गम्भिर अनुसन्धान थालिरहँदा शक्ति केन्द्रको आडमा रहेका टास शेर्पाले ठगी झन् बढाएका छन् । कसैले भनोस् नभनोस् आफैं युवा नेता टासी भन्ने उनी केही वर्षअघिसम्म सामान्य थिए । तर, व्यावसायका नाममा ठगी मच्चाएर अहिले अबौं सम्पत्ति कुम्ल्याएका छन् । 

राज्यलाई अर्बौ ठग्ने केही ट्रेकिङ व्यावसायीलाई सत्तारुढ दलका नेता निकट रहेकै कारण विदेश भ्रमणमा पनि विशेष सुरक्षा व्यवस्था दिइएको थियो । पर्यटकलाई  जानाजान  बिरामी बनाएर ट्रेकिङ व्यवसायमा कमाउ धन्दा चलाउने मध्ये शेर्पा १ नम्बर हुन् । उनीमाथि छानबिन सोझिनेमा शंका छ । मन्त्रालयले ठगीको उजुरी परेका कतिपयमाथि अनुसन्धान गरिरहेको छ । 

पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी झूठा विवरण पेस गरी व्यावसायीले राज्यबाट अर्बौं लुटिरहेका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसामु यस्ता कयन उजुरीको चाङ आउन थालेको छ । मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । यस्ता ठगलाई ट्रिप एडभाइजरीले कालोसूचीमा राखेको थियो । 

फ्लाइट कनेक्सन इन्टरनेशनल ट्राभल्स एजेन्सीका सञ्चालक श्यामसुन्दर कँडेलले विदेशी पर्यटकलाई फर्जी बिरामी बनाएर उद्दारको नाममा ठगी गर्दै आएका छन् । एयर डाइनेष्टी हेलिकप्टरमा समेत लगानी गरेका उनको कम्पनीले विदेशी पर्यटकले पर्वतारोहणको लागि विदेशमा गरिआएको बीमाबाट रकम असुल्न नक्कली बिल बनाई बीमा कम्पनीलाई ठगीरहेका छन् । 

शेर्पाले सेभेन समिटका नाममा अकुत सम्पत्ति जम्मा गरी अहिले १४ पिक भन्ने कम्पनी खोलेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तस्बिर खिचाएर सम्बन्ध रहेको देखाउँदै ट्रेकिङ व्यावसायमा उनको ठगीको जगजगी हुन थालेको छ । उनी नेकपाका युवा नेता भन्दै विभिन्न भ्रमणमा समेत जाने गरेका छन् । 

टासी तत्कालिन नेकपा माओवादी केन्द्रसँग सम्बन्ध राख्ने ट्रेकिङ व्यावसायी हुन् । प्रचण्डसँग सम्बन्ध राख्नका लागि दिवंगत छोरा प्रकाश दाहालसँग सम्बन्ध निकट बनाएका शेर्पाले खुमलटारमा नजिकको सम्बन्ध रहेको बताउँछन् । अध्यक्ष प्रचण्डसँग एकाध तस्बिर खिचाएर त्यसैको भरमा विदेश सयर गरेका टासीले तत्कालिन नेकपा एमालेका नेताहरूसँग पनि नजिकको सम्बन्ध बनाएका छन् ।  त्यतिमा होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उनले नजिकको सम्बन्ध बनाएका छन् । उनको कम्पनीमाथि पनि पर्यटन मन्त्रालयले नजर लगाएको छ । 

खासमा तत्कालिन माओवादी केन्द्र र अहिलेको नेकपाको कुनै पनि कमिटीमा नरहेका टासीले ठगी धन्दा चलाउनका लागि आफुलाई नेता भन्ने गरेका छन् । ताप्लेजुङबाट प्रदेश सभा उम्मेदवार बन्नका लागि खुमलटार धाउने गरेका टासीले तत्कालिन एमालेसँग गठबन्धन भएका कारणले टिकट पाएका थिएनन् । 

अकुत पैसा कमाएपछि राजनीतिमा शक्तिशाली बन्नका लागि टासी अहिले नेकपाको युवा कमिटीमा सक्रिय हुनका लागि शक्तिकेन्द्रमा दौडधुप पनि गर्छन् । ‘कसरी यत्रो पैसा कमाए ? यसको स्रोत के हो भनेर खोजी भएको छैन’, स्रोतले भन्यो,‘शक्ति केन्द्रका आडमा अहिलेसम्म धन्दा चलाउँदै आएका छन् ।’

अहिले प्रहरीको सरुवा बढुवामा पनि ध्यान दिने गरेका टासीले पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्धलाई भँजाउने गरेका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उताको सम्बन्ध केलाउने टासीले अहिले ओली सरकारमा प्रचण्डको सम्बन्धलाई प्रचारबाजी गर्दै आएका हुन् । 




Post a Comment

0 Comments