Subscribe Us

डिआईजीमा झर्ने डरले एआईजीको राजीनामा

काठमाडौं । अगिल्लो सरकारले गरेको निर्णय बर्तमान सरकारले खारेज गर्न थालेपछि सशस्त्र प्रहरीका पाँच एआईजीले बिहीवार राजिनामा दिएका छन् ।  

बुधबार राति मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन २०७४ का लागि निर्वाचन आचारसंहिता १४ भदौ २०७४ जारी भएपछि र नयाँ सरकार बन्नुभन्दा अघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि आत्तालिएका पाँच एआईजीले राजीनामा दिएका हुन । स्रोतका अनुसार उनिहरुले  बुधवारको मिती राखेर बिहीवार आईजीपी सैलेन्द्र खनाललाई राजीनमा बुजाएका छन । 

उनिहरुलाई एक महिना अगाडी देखी नै गृहसचिव पे्रमकुमार राईले डिआईजीमा घटुवा हुनु भन्दा एआईजीमा राजीनामा दिएर पिन्छिन पट्टा बनाएर घर जान सुझाएका थिए । तर एआईजीहरुले कुनै पनि हालतमा राजीनामा नदिने बरु अदालत जाने भन्दै सरकारलाई चुनौती दिदै आएका थिए । गत बुधवार शेरबहादुर देउवा सरकारले गरेको पछिल्लो निर्णय खारेज गरेको खबर फैलिएसँगै एआईजीहरुले राजीनामा बुजाएका हुन । 

राजीनामा दिने एआईजीहरूमा जानकीराज भट्टराई, निराकारमविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् । स्रोतका अनुसार उनीहरूले पूर्वएआईजीकै हैसियतमा रहन एवं विशिष्ट श्रेणीबापतको सेवा सुविधा पाउने उद्देश्यले सरकारको निर्णयभन्दा एक दिनअघिको मिति राखेर राजीनामा दिएका हुन् ।

 उनीहरूको राजीनामापत्र आईजीपी खनालले बिहीबार नै गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् । उनीहरूको राजीनामा स्वीकृत हुन भने बाँकी नै छ ।



Post a Comment

0 Comments