Subscribe Us

स्याल समातेर बाघ बनाउँने,
. सिंह बनाएर छाड्ने ?हिरासतमा बिरामी हुनेलाई हत्कडी लगाएर अस्पताल भर्ना गर्ने, सिडीओबाट थुन्न म्याद पाएकालाई हाजिरी जमानीमा रिहा गर्ने

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीवार बिहान बालुवाटारबाट काभ्रेका सत्यमान लामालाई पक्राउ गर््यो । पक्राउ गरेर लामालाई परिसर नपुर्याँउदै अनलाईन सञ्चार माध्यमा गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ भन्दै समाचार प्रकाशित भयो । 

सञ्चारकर्मीको प्रश्नमा परिसरका प्रमुख एसएसपी बिश्वराज पोखरेल र मुद्दाका डिएसपी मोहन थापाले अबैध डलरको कारोबार, गुण्डागर्दी र चेक लुटपाट गरेको उजुरीको आधारमा लामालाई पक्राउ गरेको जानकारी गराएका थिए । प्रकाशित समाचार पढ्दा काठमाडौं परिसरले ठूलै माछो जालमा पारेको भान अनलाईन सञ्चारमाध्यमका पाठकलाई हुन पुग्यो । 


परिसरले लामा बिरुद्ध थप अनुसन्धानका लागी काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी  थुनामा राख्ने म्याद  लियो। तर, प्रहरीले सत्यमानलाई एक रात पनि हिरासतमा राख्न भने सकेन । सत्तारुढ दलका सांसद नबिना लामाको दबाबमा बिहान ११ बजे पक्राउ परेका लामा बेलुका ५ बजे रिहा भए । बिहान अनेक आरोप लगाउँदै पक्राउ परेका  लामा बेलुका प्रहरीकै मुखबाट कुनै आरोप र प्रमाण नभएको भन्दै रिहा गरियो । 

काठमाडौँ प्रहरी प्रमुख पोखरेलले थुनामा राख्ने प्रमाण नपुगेपछि हाजिरी जमानीमा सत्यमानलाई छाडेको बताउँछन्। तर जिल्ला प्रशासन कार्यालयले कुन प्रमाणको आधारमा लामालाई थुनामा राख्न अनुमती दियो । मुद्दामा म्याद थप भईसकेको व्यक्तिलाई प्रहरीले चाहेमा हाजिर  जमानीमा छाड्न सक्ने कानुनी प्राबधान छ । 

तर यस्तो अभ्यास नेपाल प्रहरीमा नगन्य रुपमा भेटिन्छन् । सामान्य मुद्दाका आरोपितलाई २४ दिन थुन्ने प्रहरीको परिपाटी छ । हिरासतमा बिरामी परेकालाई अस्पताल भर्ना गर्ने परिपाटी छ, तर हाजिरी जमानीमा छाडेको रेकड् सायतै काठमाडौं प्रहरीमा नभेटिएला । तर एसएसपी पोखरेलले लामालाई छाडिएको बिषयमा जिज्ञासा राख्ने सञ्चारकर्मीलाई कानुन सिकाउँदै थुना बाहिर राखेर पनि मुद्दा चलाउन सक्ने बताएका छन् । एसएसपी पोखरेलले काठमाडौं परिसरको कमाण्ड सम्हाल्ले देखी आज सम्म लामा बाहेक कती जनालाई हिरासत बाहिर राखेर मुद्दा चलाएका छन्, यो पश्न भने उनै तिर सोजिन्छ । 



Post a Comment

0 Comments