Subscribe Us

अन्ततः जेल गए नागराज

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिल) होस वा गत यहि साता सकिएको विश्वकप फुटबललगायत खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराज भन्ने नथमल अग्रवाल जेल चलान भएका छन् ।

नागराजलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएपछि उनि आज जेल चलान भएका हुन । नागराजलाई महानगरीय अपराध महाशाखाको टोलीले  तिन साता अगाडी पक्राउ गरेको थियो । 

आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी फरार भएका नागराजलाई  पानीपोखरीबाट पक्राउ गरेको थियो । उनको अन्डरवल्र्ड डन नागराजसँग पनि सम्बन्ध छ । 

सट्टेबाजी गराउँदै आएका समूहलाई अंग्रेजी बर्ष २०१८ साह्रै फलिफाप भएको थियो । आईपीएल सकिनसाथ वल्र्ड कप फुटबल सुरु भएको कारण सट्टेबाजीका समूहलाई २०१८ फलिफाप भएको हो ।

आईपीएल जुवा खेलाउने आधा दर्जन सट्टेबाजी पक्राउ परे पनि त्यसका नाईके र अन्य सयौं सदस्य भने कानुनको दायरामा ल्याउन प्रहरी प्रशासन असक्षम भएको थियो । यसअघि नागराजकै समूहका गौरव तिवारीलगायत पाँच जनालाईलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाई छाडेको थियो । 

सट्टेबाजी मार्फत झण्डै १४ करोडको अवैध कारोबार गरेको तिवारीको समूहलाई परिसरले मुद्दा कमजोर बनाई जुवा ऐन अन्तर्गतमात्र मुद्दा चलाउँदा उनीहरु दुई सय रुपैयाँ धरौटीमा छुटेका थिए । नागराजको समूहले विश्वकपमा पाँच हजार देखि २५ लाखसम्म उठाएको बुझिएको छ । 

पक्राउ परेका गौरव तिवारी नागराजका मुख्य सहयोगी भएको प्रहरी अनुसन्धानमा खुलासा भएको थियो । तर, परिसरले कमजोर मुद्दा बनाएका कारण उनीहरु जम्म दुई सय धरौटीमा छुटेका थिए । नागरालाई प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि र बाहलवाल केही राम्रा प्रहरी अधिकृतसमेतको आशिर्वाद रहेको यस अघि नै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आइसकेका छन् । 

केही समय अघि काठमाडौं परिसरले पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, नागराजका खास सहयोगी गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाललाई पक्राउ गरेको थियो । 

Post a Comment

0 Comments