Subscribe Us

गिरोहसँग डिएसपीको यो कस्तो साँठगाँठ,
कारवाहीको भागिदार होलानत आईजीसाप ?

काठमाडौं । कालिमाटी क्षेत्रमा गुण्डागर्दी गर्ने, मिटरव्याजमा पैसा लगाउने जस्ता विवादित व्यक्तिसँग साँठगाँठ गर्न थालेपछि कालिमाटी वृत्तका डिएसपी प्रदिप क्षेत्रीमाथि आईजी सचिवालयले निगरानी बढाएको छ । 

विवादित व्यक्तिसँगको साँठगाँठ रहेको मैखिक उजुरी आईजी सर्वेन्द्र खनालको कानमा पुगेपछि उनले निगरानी बढाउन सचिवाललाई आदेश दिएका हुन् । 

दुई साता अगाडी ज्यानमार्ने उद्योग मुद्दामा अपराध महाशाखाले  पक्राउ गरी अदालतबाट तारेखमा छुटेका गुण्डा तथा मिटर व्याजका नाईके राजन भूजेलसँग कफि खाएको उजुरी आईजी सचिवालयमा पुगेको हो । 

विवादित व्यक्तिसँग साँठगाँठ गर्ने तर बाटोमा माग्न बसेकालाई मेरो यरीयामा माग्न आउने भन्दै उनले मुद्दा चलाएको समेत आरोप उनीमाथि छ । मुद्दाको कोटा बढाउन बाटोमा माग्दै हिँडेका माग्नेलाई मुद्दा चलाएको कालिमाटी वृत्तमा चर्चा छ । कामै नगरी चाकडी गरेकै भरमा बर्षको उत्कृष्ट प्रहरीको पदवी पाएका डिएसपी क्षेत्रीलाई आयुक्त कार्यालयका डिआईजी मनोज न्यौपानेले धेरै पटक चेतावनी समेत दिएका छन् । 

उनको दैनिक कार्यशैली ठिक नभएको भन्दै चेतावनी दिएको आयुक्त कार्यालय स्रोत बताउँछ । केही दलाल र नेवि संघको राजनीति गर्ने श्रीमतीको भरमा कालीमाटी वृत्तको ईञ्चाज बन्न पुगेका डिएसपी क्षेत्री यस अघि कुनै पनि ठाँउको कमाण्ड गरेका व्यक्ति भने होईनन् । 

ठगी काण्डमा पटक पटक पक्राउ परेका तेज एण्ड करणसँग पनि उनको राम्रै उठवस रहेको छ । कालिमाटीका अर्का गुण्डा तथा मिटर व्याजका नाईके किशोर तिवारीले समेत कालिमाटी प्रहरीलाई आर्थीक प्रलोभनमा पारेर सर्वसाधारणलाई दुःख दिँदै आएका छन् । 

उनको कालिमाटीमा कार्यरत विवादित एक सईसँग हिमचिम छ । तिनै सईलाई प्रयोग गरेर तिवारीले आफ्नो मिटरव्याजको धन्दालाई निरन्तरता दिँदै आएका छन् । मिटरव्याजको पैसा असुल्न ति सई प्रयोग हुँदै आएका छन् । हाल उनको नगर प्रहरीमा सरुवा भए पनि काम भने कालिमाटी क्षेत्रमै गर्दै आएका छन् । यि सब कुराको डिएसपी क्षेत्री जानकार हँुदा हुँदै पनि चुपचाप रहनुको पछाडी केही रहस्य रहेको वृत्तका प्रहरीबीच चर्चा चल्ने रहेको छ । 

Post a Comment

0 Comments