Subscribe Us

विवादको घेरामा किलो वान

काठमाडौं । नेकपा एमालेका सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरूद्ध अदालतमा मुद्दा दर्ता गर्न कै लागि काठमाडौं परिसर आएका एसएसपी विश्वराज पोखरेल अहिले विवादमा मुछिन थालेका छन् । सुरूका दिनमा उनले रामै्र कामको थालनी गरे पनि पछिल्लो दुई महिना यता उनी विवादमा मुछिन थालेका हुन् । 

सरूवाको हल्लासँगै उनले काम भन्दा बढी प्रचारबाजी गर्न थालेको आरोप लाग्न थालेको छ । अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा उनले हस्तछेप गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालको कानुन शाखामा लामो समय काम गरेका र पूर्वडिआईजी सिलवाल फसाउन जनसेवा वृत्तको ईन्र्चाज छाडेर परिसरको मुद्दा हेर्न आएका डिएसपी मोहन थापाको लहलहैमा लागेर एसएसपी पोखरेले विवादीत काममा हात हालेको परिसरका एक अधिकृतले बताए ।

परिसरका अन्य अधिकृतलाई छायाँमा राखेर डिएसपी थापा र एसपी पोखरेलको साँठगाँठमा कानुन विपरितका काम हुन थालेको ति अधिकृतले बताए । कुनै प्रमाण नभएका आर्थिक कारोबारमा समेत एसपी पोखरेलले र डिएसपी थापाले गुण्डागर्दी शैलीमा व्यक्तिलाई बोलाएर कागज गराउने, चेक कटाउने गर्दै आएका छन् । पछिल्लो समय अदालतमा विचारधिन अवस्थामा रहेका शेयर विवादमा समेत एसएसपी पोखरलेको आदेशमा डिएसपी थापाले दश करोडको कागज गराएका थिए । 

दुई महिना अगाडी अदालतमा विचाराधिन अवस्थामा रहेको वेभ सर्फरका सञ्चालक र विदेशी लगानीकर्ताबीचको करोडौंको सेयर विवादमा पनि उनले गैर कानुनी तरीकाले हात हालेका थिए । जुन मुद्दा प्रहरीले हेर्न मिल्ने अवस्थामा थिएन तर एसएसपी पोखरेलको सिफारिसमा मुद्दाका डिएसपी मोहन थापाले जबरजस्ती राती दश बजेसम्म परिसरमा राखेर दश करोडको काजग गराएका थिए । 

त्स्तै मैखिक उजुरीकै आधारामा म्यानपावरको नाममा मिटरव्याजीमा पैसा लगाउने राधिका कटवाललाई समेत डिएसपी थापाले ३५ लाखको चेक विवादित व्यापारी अनिल गजमेरसँग कटाएका थिए । लेनदेनका मुद्दा हेर्नेदेखि पक्राउ गरेका गुण्डालाई समेत एसएसपी पोखरेलले सहजै छाड्दै आएका छन् । दुई साता अगाडी ठूलो हल्ली खल्लीसहति पक्राउ परेका काभ्रेका सत्यमान लामालाई एक रात पनि उनले थुनामा राख्न सकेनन् ।

जिल्ला प्रशासन कार्यालयबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू भएका लामालाई एमालेकी सांसद नबिना लामाले थर्काएको भरमा हाजिरी जमानीमा छाडिएको थियो । यस बिषयमा समेत उनी ठूलो विवादमा तानिए ।
पक्राउ पर्नसाथ ठूलै माछा हाता लाघेको हवाला दिदै सञ्चारमाध्यम समाचार लेखाउने उनको शैली केबल सस्तो लोकप्रियताको लागि मात्र भएको देखियो । 

एसएसपी पोखरेलले शुरूमा कालोबजारी, दिल्ली काठमाडौं बसबाट हुँदै आएको तस्करी, लागूऔषध, हुण्डी, गुण्डागर्दी, भारतीय नक्कली नोटको कारोबारलगायतविरूद्धको अप्रेशन गरेर चर्चा कमाएका थिए । जसमा सञ्चारमाध्यमले समेत साथ दिएका थिए । तर उनले विस्तारै सस्तो लोप्रियताको लागि विवादित काममा हात हाल्न थालेपछि उनको चरित्र उदाङो भएको हो । 

१४ करोडसम्मको अवैध कारोबार गरेका सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीको समुहको मुद्दालाई जुवा ऐन लगाएर  २०० रूपैयाँ मै छुटकारा गराए । तर अपराध महाशाखाले पक्राउ गरेको तिवारी समुहका नाईके नागराज भन्ने अमित अग्रवाल भने जेल चलान भए । तिवारी समुहलाई संगठित अपराधमा मुद्दा चलाएको भए उनीहरूपनि जेल जाने निश्चित थियो । 

तर पूर्वआईजी उपेन्द्रकान्त अर्यालको दबाब थेक्न नसक्दा एसएसपी पोखरेल उनलाई जेवा ऐन मात्र लगाएर उनमुक्ति दिएको चर्चा परिसरमा छ । कर्मचारी प्रशासनमा बसेर पूर्वआईजी अर्याल र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा पूर्वडिआइजी नवराज सिलवालको कागज किर्ते गर्न सहयोग गरेकै भरमा एसएसपी पोखरेल अघिल्ला व्याचलाई समेत उछिनेर अगाडी आएको ल्याईएको थियो ।

उनको व्याजमा उत्तम सुबेदी र धिरज प्रताब सिंहको तुलनामा उनलाई लिन नमिल्ने उनकै समकक्षीहरू बताउँछन् । पोखरेल निकट एक प्रहरी अधिकारीका अनुसार उनी सातामा एक पटक सर्वोच्च अदालतका न्यायधिश चोलेन्द्र शमशेर राणा, अख्तियारका कार्यवहाक प्रमुख आयुक्त नविन घिमिरे, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र रक्षा मन्त्री इश्वर पोखरेलकहाँ नाता जोड्दै चाकडी गर्न पुग्छन् ।

Post a Comment

0 Comments