Subscribe Us

फिल्मी स्टाइलमा फँसे ईन्सपेक्टर

काठमाडौं । सशस्त्र प्रहरीका एक इन्स्पेक्टर सुनसरीको कोशी गाउँपालिकाबाट तस्करसहित पक्राउ परे । 

प्रहरीको चेक जाँच छलेर अघि बढेको भारतीय गाडीलाई नियन्त्रणमा लिने क्रममा एक तस्करसहित इन्स्पेक्टर सुमन रानाभाटलाई नेपाल प्रहरी  नियन्त्रणमा लियो । 

उनको पक्राउ पछि सशस्त्र प्रहरीले सत्य तथ्य पत्ता लगाउन छानवीन समिति समेत बनायो । तर छानबिन समीतिले उनको कमजोरी देखाएता पनि नियत सफा भएको पुष्टि गरको थियो ।

 ‘उनका बिगतका काम कारवाही हेर्दा पनि नियत सफा देखिन्छ,’ समीतिका एक सदस्यले बताए । 

तस्करीको गाडी आउँदै गरेको खबर पाएपछि ईन्स्पेक्टर रानाभाट टोली लिएर सिभिलमा बाटो ढुक्न पुगेका थिए । बाटोमा उनले नेपाल प्रहरीका एक हबल्दारलाले तस्करीको सुराकी गरेको आशंका गर्दै ति हबल्दारलाई आफ्नो नियन्त्रणमा राखेर मोबाईल अफ गर्न लगाए । 

तस्करको गाडी नियन्णमा लिएपछि नेपाल प्रहरीका हबल्दारलाई ति छाडेर इन्स्पेक्टर रानाभाट आफ्नो टोली सहित फिर्ता भए । तर ति हबल्दारले आफ्ना हााकिमलाई सशस्त्रका ईस्पेक्टर रानाभाट तस्करको गाडीमा बसेर तस्करलाई सघाएको आरोप लगाउँदै खबर गरे । 

कोसी गाउँपालिका–८ हरिपुरका ३० वर्षीय चन्दन यादवको गाडी नियन्त्रण लिएर कार्यालय लैजादै गर्दा ईन्स्पेक्टर रानाभाटलाई नेपाल प्रहरीका डिएसपी नारायण चिमोरियाले नियन्त्रणमा लिए । ईन्स्पेक्टर रानाभाट सँग सशस्त्रका चार जवान पनि एउटै गाडीमा सवार थिए । 

श्रीपुरमा खटिएको प्रहरी टोलीले बीआर ३८ पी १९४८ नम्बरको गाडी रोक्न खोज्दा नरोकिई भागाईएको आरोप नेपाल प्रहरीले लगाईएको छ । प्रहरीलाई पेलेर भागेको कारलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डीएसपी चिमरिया नेतृत्वको टोली खटिएको थियो । यादवलाई कारसहित कोसी गाउँपालिका ६ कटानबाट नियन्त्रणमा लिइएको थियो । 

नेपाल प्रहरीले भने तस्करलाई सुरक्षा दिएर अबैध सामन ओसार पसारमा सहयोग गरेको अभियोग लगाउँदै सशस्त्र प्रहरीलाई कारवाहीको लागि सिफारिस गरेको छ । सशस्त्र प्रहरीका ईन्स्पेक्टर रानाभाटले नियन्त्रणमा लिएका यादव मरिच र रक्सी तस्करका बादशाह रहेको बुझिएको छ । 

यादवले यसअघि पनि संगठित रूपमा तस्करी गरिरहेको सूचना ईन्स्पेक्टर रानाभाटले पाएपछि यादवको तस्करीको जालो च्यात्न उनी लागि परेका थिए । तर फिल्मी स्टाइलले अप्रेशन गर्दा रानाभाट विवादमा मुछिन पुगे ।

Post a Comment

0 Comments