Subscribe Us

साँठगाँठले तानिए डिएसपी, हिरो बन्न मन्त्रीलाई दोष

सिरहा । जिल्लाको मिर्चैयालाई आधार क्षेत्र बनाएर गुण्डागर्दी, लुटपाट, चोरी, डकैती गर्ने एक समुहलाई प्रहरीले नै संरक्षण दिने गरेको रहस्य खुलासा भएको छ । मिर्चैयालाई आधार क्षेत्र बनाएर आपराधिक क्रियाकलाप गर्ने अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बद्ध कुमार यादव, काशिन्दर यादवको समुहलाई प्रहरीले संरक्षण दिएको हो । 

यो आपराधिक गिरोहले जिल्लाको विभिन्न ठाँउ खासगरी मिर्चैयालाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएको स्थानीय बासिन्दाले बताए ।  ११ असारको राती १२ बजे मिर्चैयामा पुजा भईरहेको एक घरमा यहि समुहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाईते भएका थिए । आक्रमणमा परेर स्थानीय बासिन्दा अजयप्रकाश यादव, दिपेन्द्रकुमार यादवको अवस्था चिन्ताजनक बन्न पुग्यो । यादवद्वयको टाउको र जिउमा ज्यान जानेसम्मको चोट भएको अस्पतालको रिपोटले पुष्टि गर्छ । 

तर यहि समुहलाई मिर्चैयाका प्रहरी निरक्षक वैधनाध यादबको सेटिङमा पक्राउको नाटक मञ्चनगरी उन्मुक्ति दिन सार्वजनिक अपराध मुद्दामा म्याद थप गरेपछि यी आपराधिक गिरोहको प्रहरीसँगको मिलोमतो पुष्टि हुन आँउछ । यहि आपराधिक गिरोहलाई असई यादबको सेटिङमा एक महिना अघि मात्र मिर्चैयाको कमाण्ड सम्हालेका डिएसपी दिपक खड्काले उन्मुक्ति दिने योजना बनाएपछि गत साता उनी तानिएका छन् । 

आपराधिक गिरोहसँग मिलोमतो गरी सर्बसाधारणलाई दुःख दिएको पुष्टि भएपछि सिराहा मिर्चैयाका डिएसपी दिपक खड्का तानिएको प्रधानकार्यालयले जनाएको छ । गत साता यहि साप्ताहिकले डिएसपीको आपराधिक गिरोहसँग डिएसपीको साँठगाँठ रहेको समाचार प्रकाशित गरेको थियो । 

समाचार प्रकाशित भएकै दिन नेपाल प्रहरीका आईजी सर्वेन्द्र खनालले समाचारमा चासो व्यक्त गर्दै मिर्चैयाका डिएसपी माथि छानबिन गर्न २ नम्बर प्रदेशका डिआईजी दिनेश अमात्यलाई आदेश दिएका थिए । छानविन पछि डिएसपी खड्का मिर्चैया क्षेत्रका गुण्डा, लुटपाट, डाँका समुहसँग उठबस रहेको पुष्टि भएपछि उनलाई तानिएको बताएको छ । 

एक महिना अगाडी मात्र ईलाका प्रहरी कार्यालय मिर्चैयाको कमाण्ड सम्हाल्न पुगेका डिएसपी खड्कालाई आईजीपी खनालको ठाडो आदेशले तानिएको हो । उनको ठाँउमा डिएसपी दिपेन्द्र शाहले सोमवारबाट चार्ज बुझेका छन् । डिएसपी खड्काले त्यहाँका असई बैधनाथ यादवको लहलहैमा लागेर आपराधिक गिरोहसँग साँठगाँठ गरी आर्थिक प्रलोभनमा परेको पुष्टि भएपछि उनलाई तानेको हो । 

असार ११ गते राती १२ बजे मिर्चैयामा पुजा भईरहेको एक घरमा डाँका समुहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाईते भएका थिए । आक्रमणमा परेर स्थानीय बासिन्दा अजयप्रकाश यादव, दिपेन्द्रकुमार यादवको अबस्था चिन्ताजनक थियो । उनीहरूको टाउको र जिउमा ज्यान जानेसम्मको चोट भएको अस्पतालले जनाएको छ । यस्तो अबस्थाको मुद्दामा डिएसपी खड्काले आपराधिक गिरोहको प्रलोभनमा परेर पक्राउ परेका आपराधिक समुहलाई उन्मुक्ति दिने नियतले सार्वजनिक मुद्दा चलाएपछि उनको नियत प्रष्ट भएको थियो । 

यो समुहका अशोक, उमेश र खगेश्वर माथि आफ्नै श्रीमती मारेको आरोप समेत छ । यस बिषयमा समेत गम्भिर रुपमा छानबिन हुनु पर्ने स्थानीयको माग छ । यो डाँका समुहलाई असई बैधनाथले संरक्षण गर्दै आएका छन् । डाँका डालेको हिस्सा बैधनाथले लिदै त्याहा आउने हाकिमलाई समेत प्रभाबमा पार्ने गरेको मिचैयामा कार्यरत जुनियर अधिकृतले बताएका छन् । उता आफू तानिएपछि डिएसपी खड्काले राम्रो काम गर्दा गर्दै तानिएको भनेर मन्त्री मात्रिका यादबलाई दोष थुपारेका छन् । उनको आपराधिक समुहको योजनामा सोमवार मिचैयामा सडक अबरुद्ध समेत गरिएको थियो । 

Post a Comment

0 Comments