Subscribe Us

सलमान आउँछन् भन्दा प्रहरीको फन्दा,
भिआईपीसँग फोटो खिच्नी सर्बसाधारण ठग्ने

काठमाडौं । ‘दबंग, ‘द सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने भन्दै करोडौं रूपैंया ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टकाका सञ्चालक र सुपर भाईजर पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले ओडीसीका सञ्चालक ३८ बर्षीय सिमान्त गुरूङ र सुपर भाईजर रविन केसीलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । 

सर्वसाधारण टिकट खरिदकर्ता र प्रायोजकलाई झुक्याइ निर्धारित समयमा कार्यक्रम नगरेपछि उनिहरू पक्राउ परेको महाशाखाले जनाएको छ ।
 गत २६ फागुन शनिबारको दिन टुँडिखेलमा ‘दबंग, ‘द सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने भन्दै विभिन्न कम्पनीलाई प्रयोजक बनाउँदै करोडौं रूपैयाको टिकट ओडीसीले बिक्री गरेको थियो । तर विप्लव माओवादीको कारण देखाउँदै ओडीसीले पुनः अर्को मिती १२ जेठ २०७५ मा तय गरेको थियो । 

तर उक्त मितीमा पनि कार्यक्रम नगरी एक साता अगाडीमात्र कार्यक्रम सरेको जानकारी ओडीसीको फेसबुक पेजबाट जानकारी गराएको थियो । तर किन र के कारणले कार्यक्रम रद्द भएको भनेर ओडीसीले जानकारी गराएको थिएन । सर्बसाधारणाको करोडौं ठगी गरेर ओडीसीले अर्को सूचना नआएसम्म कार्यक्रम स्थगित भएको जनाएको थियो ।

टिकट विक्रीबतरण गरी करोडौं असुल्ने, प्रायोजकसँग करोडौं लिने तर कार्यक्रमको टुंगो नभएपछि पीडित पक्षले महाशाखामा ओडीसीका सञ्चालकविरूद्ध उजुरी हालेका थिए । प्रहरी, प्रशासन र राजनीतिक उच्च पहुँच भएको दाबी गर्दै हिँड्ने गुरूङ अहिले काठमाडौं परिसरको हिरासतमा छन् । पहुँचकै आधारामा गुरूङले ठमेलमा चलाएको होटलको भाडा समेत तिरेका छैनन् ।

गुण्डागर्दी शैलमा होटल चलाएपछि अहिले घरधनी जिल्ला प्रशासन कार्यालको शरणमा पुगेका छन् । तर त्यहाँबाट उनले राहत भने पाएका छैनन् । चार बर्ष अगाडी पनि ओडीसी इन्टरटेनमेन्टले करोडौं रूपैंयाको टिकट विक्री गरी कार्यक्रम रद्ध गरी सर्वसाधारणको करोडौं रूपैंया ठगी गरेको थियो । 

७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा ल्याएर सबै भन्दा ठूलो कार्यक्रम गरेको भन्दै चार बर्ष अगाडी दीप पर्पल कन्सर्ट गर्ने भन्दै करोड उठाएको ओडीसीले १३ मार्च २०१३ मा ‘दीप पर्पल लाईभ ईन नेपाल’को ५ सय देखि दश हजारसम्म टिकट विक्री गरी ठगेको थियो ।

सम्बन्धित निकायले ध्यान नदिँदा सर्वसाधारणको करोडौं रूपैंयामा ओडीसीका प्रवन्ध निर्देशक गुरूङले मोजमस्ती गरेका थिए । 
महाशाखाको अनुसन्धानमा सलमान खानलाई पाँच करोड आईसीमा बुकीङ गरी गुरूङले २० लाख एडभान्स दिएका थिए । एडभान्स पाएपछि सलमान खानको अफिसले नेपालको मिति तय गरेको थियो ।

 तर पछि अग्रिमेन्टअनुसारको पाँच करोड डिपोजीट नगरेपछि उनले कार्यक्रम रद्द गरेका हुन् । २० लाख रूपैंया डिपोजिट गरेका गुरूङले सोही अग्रिमेन्ट पेपरको भरमा नेपालमा टिकटको विक्रीबितरण र प्रायोजकबाट करोडौं रूपैंया असुल्न सफल भएका थिए । यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका ईभेन्ट कम्पनीमाथि सम्बन्धित निकायले ध्यान नदिँदा सर्बसाधारण ठगिँदै आएका छन् । 

६ महिना अगाडी पनि अन्तर्राष्टिय डिजे मार्समेलो ल्याउने भन्दै डेजाबु डिस्कोले सर्वसाधारणको करोडौं रूपैंया ठगेको थियो । प्रतिव्यक्ति ४ हजारदेखि ७ हजारसम्म र भिआईपी टिकट भन्दै १० हजार रूपैयाँसम्म बिक्री बितरण गरेको थीयो । 

Post a Comment

0 Comments