Subscribe Us

लजालु अधर, मखमलको चप्पल !
पूर्वयुवराज पारससँग सम्बन्ध सुधारका सांकेतिक कर्ममा पूर्वयुवराज्ञी हिमानी

काठमाडौं । प्रायः मठमन्दिर धाइरहने पूर्वयुवराज्ञी हिमानी शाह साउनको सोमबार पशुपतिनाथ पुगेकी छन् । मन्दिरमा उनलाई हेर्नका लागि आएका सर्वसाधारणलाई मुस्कानसहित अभिवादनमात्र फर्काएकी हिमानी फरक देखिएकी थिइन् । लजालु अधर, मन्द मुस्कान र सुरक्षाघेराबीच उनले पशुपतिमा साउन महिनाको पहिलो सोमबारको ब्रत पुरा गरेकी छन् । 

निर्मलनिवासबाट नित्यकर्म सकी तीन सन्तानसहित हिमानी बिहानै पशुपति पुगेकी थिइन् । ‘उहाँले धर्मकर्ममा रूची नराख्ने कुरै भएन, आज फरक हिसाबले साउनको सोमबार मनाउन आउनुभयो’, एक पण्डितले भने,‘पुजाअर्चना सकेर चन्दन लगाउनुभयो, पशुपतिको अवस्था बुझेर फर्किनु भयो ।’

छोरा हृदयेन्द्रसँग मन्दिर पुगेकी हिमानीले बाग्मतीको जल पशुपतिमा चढाइन् । धमिलो बागमतीको जल हृदयेन्द्रले उठाए र आमालाई दिए । हृदयेन्द्रले पनि मन्दिरमा पुजा गरेका थिए । आजभोली हिमानी छोरालाई लिएरै मठमन्दिरतिर धाउने गरेकी छन् । 

छोरा, दुई छोरीसहित पशुपतिमा देखिए पनि हिमानीका साथमा पति पारस शाह देखिएका थिएनन् । मन्दिरका पुजारीहरूले पशुपतिको अवस्थाका विषयमा जानकारी गराएका हिमानीले मिडियालाई यत्ति भनिन्,‘दर्शन पुरा गरेका छौं ।’युवतीलाई आकर्षणका लागि विश्वभर राजकुमारीको संज्ञा दिइने गरिन्छ । त्यसैमा खुसी हुने प्रचलन पनि छ । तर, पशुपति वरिपपिरका सबैले युवराज्ञीलाई ‘साँच्चै राजकुमारी’ अवतारमा देखेपछि बोल्ने कोशिश गरेका थिए । तर, उनी मुस्कुराइन् मात्रै ।

रातो फुल ब्लाउज, पहेलो बैजनी बुट्टा भएको सारीमा सजिएकी हिमानीले हरियो रातो मिसिएको पोते पनि लगाएकी थिइन् । जुरो बाँधेको कपाल, रातो मखमलको बेहुली चप्पल लगाएकी हिमानी खैरो गाडीमा सशस्त्र प्रहरीको सुरक्षा घेरामा पशुपति प्राङेगण छिरेकी थिइन् । छोरीहरूले रातो कुर्ता लगाएका थिए भने छोरा हृदयेन्द्रले खैरो रङ्को पाइजामा र सुरूवालसहित नेपाली टोपी लगाएका थिए । 

केही समयअघि गोरखा जाँदा पनि हिमानीले छोरालाई सँगै लिएर गएकी थिइन् । ‘आजभोली उहाँ छोरालाई धार्मिक ज्ञान र मन्दिरहरूको चिनारी गराउनुहुन्छ । राजकुलको परम्पराअनुसार आगामी दिनमा धर्मकर्मको जिम्मा हृदयेन्द्रले नै लिनुपर्ने हुन्छ’, निर्मलनिवास स्रोतले भन्यो,‘यहाँका उत्तराधिकारी भएका नाताले पनि उहाँलाई सबैले नैतिक शिक्षा र राजकुलको जिम्मेबारीका बारेमा जानकारी गराउँदै आउनुभएको छ ।’
आम नारीजस्तै हातमा मेहन्दी, नाडीमा हरियो चुरा लगाएर मन्दिर छिरेकी हिमानीले आधा घन्टा भन्दा बढि समय पुजाआजा गरिन् । साउनको सोमबार पशुपति नाथमा पाप नाशको प्रतिज्ञा गरेर जाने धेरै भए पनि बिहे नभएका युवतीले राम्रो पतिको अपेक्षा र पति भएकाले उनको सुस्वास्थ्यको कामना गर्ने चलन छ । हिमानीको पहिरन, रहर र पशुपति पुग्दाको दृश्यले उनले पनि पूर्वयुवराज पारसको स्वास्थ्य र सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रार्थना गरेको अनुमान सहजै लगाउन सकिन्छ ।

पछिल्लो समय पारस हिमानीको सम्बन्धमा देखिएको चिसोपन हट्दै गएको छ । हिमानीको लिवाज र पारसले सुधार्न थालेको चरित्रका हिसाबमा अनुमान लगाइएको थियो । हिमानी र पारस उपत्यका बाहिर २३ असारमा नेपालगञ्जमा सँगै थिए । पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा अवसरमा उनीहरू साथसाथ देखिएका थिए । 

पति पारससितको उतारचढावपूर्ण दाम्पत्य सम्बन्ध पछिल्लो समय सुखद मोडमा आइपुगेको बताइन्छ । ७ माघ, ०५६ मा बिहे भएका उनीहरूका दुई छोरी र एक छोरा छन् । जेठी छोरी पूर्णीका, छोरी गीर्वाणी पनि पशुपति हुँदै गुह्वेश्वरी दर्शनका लागि पुगेका थिए । केही समयअघि मदिरा पिएर होटल एभरेस्टको ग्यालेक्सी डिस्कोमा पुगेका पतिलाई सम्हाल्न गएकी हिमानीमाथि पारसले गोली चलाएको घटनादेखि पारस–हिमानी सम्बन्धमा चिसो पन आएको थियो 

Post a Comment

0 Comments