Subscribe Us

जनप्रहार समाचारको प्रभाब मिचैयाको डिएसपी हटाईए

काठमाडौं । आपराधिक गिरोहसँग साँठगाँठ गरेको पुष्टि भएपछि सिराह जिल्लाको मिचैया ईलाका प्रहरी कार्यालयका डिएसपी दिपक खड्का तानिएका छन् । 

डिएसपी खड्कालाई तानेर उनको ठाँउमा डिएसपी दिपेन्द्र शाहलाई पठाईएको नेपाल प्रहरी प्रबक्ता एसएसपी शैलेश थापाले बताए । 

गत सोमवार जनप्रहार साप्ताहिकमा आईजीको आदेश लत्याउँदै डिएसपी शिर्षकमा समाचार प्रकाशित भएको थियो । डिएसपीको खड्काको बारेमा समाचार प्रकाशित भएपछि आजीपीको सचिवालयले त्यस बिरुद्धमा अनुसन्धान सुरु गरेको थियो । 

समाचारमा प्रकाशित भएझै डिएसपीको कमिकमजोरी भेटिएपछि उनलाई हटाईएको सचिवालय स्रोतले बताएको छ । 

यस्तो थियो समाचार
http://www.aparadhkhabar.com/2018/07/blog-post.html 

काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आफू मातहतलाई अपराध र आपराधीक गिरोहमाथि कडा रूपमा प्रस्तुत हुन निर्देशन दिदै आएपनि केही प्रहरीले भने आईजी खनालको निर्देशनलाई धोती लगाउँदै आएका छन् ।
सिराहको मिर्चैया ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक(डिएसपी) दिपक खड्काले आईजीको आदेशलाई चुनैती दिदै आपराधिक गिरोहसँग साँठगाँठ गरेका छन् । 
गत महिना मात्र सरूवा भई ईप्रका मिर्चैया पुगेका डिएसपी खड्काले अहिले त्यहाँका रैथाने प्रहरी साहयक निरक्षक (असाई) बैधनाथ यादवको लहलहैमा लागेर आपराधिक गिरोहसँग साँठगाँठ गर्न थालेको आरोप लागेको छ । असार ११ गते राती १२ बजे मिर्चैयामा पुजा भईरहेको एक घरमा डाँका समुहको आक्रमणमा परी आधा दर्जन स्थानीय घाईते भएका थिए । 
आक्रमणमा परेर स्थानीय बासिन्दा अजयप्रकाश यादव, दिपेन्द्रकुमार यादवको अवस्था चिन्ताजनक थियो । उनीहरूको टाउको र जिउमा ज्यान जानेसम्मको चोट भएको अस्पतालले जनाएको छ । तत्काल उपचार नभएको भए ज्यान जानेसम्मको अवस्था थियो उपचारमा सलग्न चिकित्सकको भनाई उदृत गर्दै एक पीडित बताउँछन् । 

टाउकोमा चोट लागेका दिपेन्द्रको बिराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ । ज्यानमार्ने उद्योग जस्तो गम्भिर प्रकृतिको मुद्दालाई असाइ वैधनाथको सेटिङमा डिएसपी खड्काले सार्वजनिक मुद्दा लगाएर डाँका समुहलाई उनमुक्ती दिन खोजेको आरोप स्थानिय बासिन्दाले लगाएका छन् ।
तर डिएसपी खड्का भने यस्तो आरोप मान्य तयार छैनन् । बिहेको जन्ती आउँदा मोटरसाईकल ढलेको बिषयलाई लिएर झगडा भएको भन्दै सामान्य चोटपटक लागेको कारण सार्वजनिक मुद्दा लगाएको बताउँछन् ।

मोटरसाईकल ढलेको कारण बिबाद भएको र पछि सोही समुहले आक्रमण गरेको कारण दिपेन्द्र र अजय सामान्य घाइते भएको डिएसपी खड्काले बताएका छन् । सामान्य घाईतेलाई बिराटनगर न्यूरो अस्पताल किन पुर्याउने पर्यो भन्ने बिषयमा भने उनि मधेशमा अनेक नाटक हुन्छ भन्दै केही बोल्न चाँहादैनन् । 

मोटरसाईकल ढलेको बिषयलाई लिइर रातको समयमा झगडा गर्ने उद्देश्य राखी पुनः सोही ठाउँमा हातहतियार लिई आक्रमण गर्नु कानुनत ज्यानमार्न खोज्नु हो । डिएसपी खड्काको भनाईलाई नै मान्य हो भने, आक्रमणकारीलाई घटनास्थलबाट तिन, चार घण्टा लगाएर नियन्त्रणमा लिएको बताएका छन् । तत्काल प्रहरी नपुगेको भए डाँका समुहबाट व्यक्तिको हत्या हुन सक्ने अवस्था भएको डिएसपीको भनाईबाट पुष्टि हुन आउँछ । तर आक्रमणकारी डाँका समुहलाई सार्वजनकि मुद्दा लगाएर उन्मुक्ति दिन खोजेको पुष्टि हुन्छ । यतिमात्र नभए डिएसपी खड्काले अस्पताल भर्ना भएका दिपेन्द्रलाई डिस्जार्च भई तुरून्त थानामा आएर मिलापत्र गर्न दबाब दिएको पीडित पक्षको आरोप छ । 

आक्रमणकारी डाँका समुहका अशोक यादव, उमेशकुमार यादव, खगेश्वर यादव, शम्भू यादव, सम्बन्द्र कुमार यादव, काशिन्दर यादव र पवन यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये मुख्य अभियुक्त अशोक, उमेश र खगेश्वरलाई असइ बैधनाथको सेटिङमा मोटो रकमको चलखेल पश्ताच छाडिएको आरोप पीडित पक्षले लगाएका छन् । यो डाँका समुहले सिराहको बिभिन्न स्थानमा बर्षौ देखी डाँका डाल्दै आएको स्थानियवासी बताउँछन् । यो समुहका अशोक, उमेश र खगेश्वर माथि आफ्नै श्रीमती मारेको आरोप समेत छ । यस बिषयमा समेत गम्भिररूपमा छानबिन हुनु पर्ने स्थानियको माग छ ।

यो डाँका समुहलाई असई बैधनाथले संरक्षण गर्दै आएका छन् । डाँका डालेको हिस्सा बैधनाथले लिदै त्याहा आउने हाकिमलाई समेत प्रभाबमा पार्ने गरेको मिर्चैयामा कार्यरत जुनियर अधिकृतले बताएका छन् । 

Post a Comment

0 Comments