Subscribe Us

३३ किलोमा कसरी जोगिए भण्डारीका पाट्नर श्रेष्ठ ?

काठमाडौं । ३३ किलो सुनकाण्डमा चर्चीत बाजेका सेकुवाका सञ्चालक चेतन भण्डारी अहिले फरार छन् । 

अमेरीकाबाट नेपाल आउँने दिन नै उनको नाम सार्बजनिक भएपछि उनी अमेरिकामै लुकेर बसेको अनुमान छानबिन समीतिको छ । 

तर यहि चर्चीत ३३ किलो काण्डमा युवा व्यापारी तथा भण्डारीका बिजनेश पार्टनर अमित श्रेष्ठ भने बँचेका छन् । 

बिशाल सिमेन्टका मालिक समेत रहेका श्रेष्ठ भण्डारीका खास बिजेनस पार्टनर हुन् । कानुनी रूपमा कमै देखिए पनि मैखिक सहमति र काजगी प्रमाण राख्दै यी दुईले अबैध रकमको लगानी गर्दै आएको नजिकबाट चिन्नेहरू बताउँछन् । लामो समय देखि यी दुईको लगानी व्यापार चल्दै आएको छ । हाईड्रो पावर,  यी दुईको संयुक्त लगानी छ । 

३३ किलो सुनकाण्डमा भण्डारी मुछिन पुगे तर श्रेष्ठ भने कसरी जोगिए भन्ने कुराले अहिले यहि समुहको सर्कलबीच चर्चा हुने गर्छ । 

गौशालको पशुपति भिजनमा अफिस राखेका श्रेष्ठ सानो उमेरमा ठूलो फड्को पार्ने व्यापारीका रुपमा चिनिन्छन् । ठूलै रकमको चलखेल पश्चात श्रेष्ठ जोगिएको हुन सक्ने अनुमान समेत हुन थालेको छ । 

रुपन्देहीको मैनहिया गाविसमा रहेको विशाल सिमेन्ट इण्डष्ट्रिजका मालिक समेत रहेका श्रेष्ठले उत्पादन गरेको  विशाल ओपीसी सिमेन्ट गुणस्तरहिन भएको प्रमाणित समेत भएको थियो । अकुत सम्पत्ति थुपारेका श्रेष्ठले सम्बन्धि निकायलाई प्रभाबमा पारेर कम्पनी सञ्चालन गर्दै आएका छन् । छत ढलान र बीममा प्रयोग गरिएको सिमेन्ट सेट नभएपछि उपभोक्ता आफैंले डिभिजन सडक कार्यालय बुटवलको ल्याबमा परिक्षण गराउँदा सिमेन्ट गुणस्तरहिन भएको प्रमाणित भएको थियो । 

सडकको ल्याबमा परीक्षण गरी प्रमाणित गरिएको रिपोर्टमा उद्योगद्वारा उत्पादित विशाल ओपीसी ब्राण्डको सिमेन्टमा भारवहन क्षमता नभएको उल्लेख छ । उक्त रिपोर्टमा विशाल ओपीसी सिमेन्टको भारबहन क्षमता प्रति ३ दिनमा १०, प्रति ७ दिनमा १४ दशमलव ६७ र प्रति २८ दिनमा १५ दशमल शुन्य १ रहेको उल्लेख छ ।

जबकी नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार कुनै पनि ओपिसिसी सिमेन्टको न्युनतम भारबहन क्षमताप्रति ३ दिनमा १६, प्रति ७ दिनमा २२ र प्रति २८ दिनमा ३३ अनिवार्य रुपमा हुनुपर्छ । तर, विशाल ओपीसी सिमेन्टले गुणस्तरको यो मापदण्डलाई पुरा नगरेको पाइएको हो ।

उद्योगलाई कारबाहीको माग गर्दै गत बर्ष साउन २१ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी समेत दर्ता भएको थियो । जिल्ला प्रशासनले भने अहिलेसम्म यसको छानबिन अगाडी बढाएको छैन । विशाल सिमेन्टले ओपीसी र पीपीसीमा बिशाल, रत्ना र असोका ब्राण्ड उत्पादन गर्दै आएको छ । 

Post a Comment

0 Comments