Subscribe Us

आईजी शैलेन्द्र खनाललाई पितृशोक

काठमाण्डौ- सशस्त्र प्रहरी वलका आईजी शैलेन्द्र खनाललाई पितृ शोक परेको छ । उनका ७८ वर्षिय बुवा पुर्व प्रशासक डा टिकाराम खनालको सोमबार विहान उपचारका क्रममा राजधानीको गा्रण्डी अस्पत्तालमा निधन भएको हो । 

दम, उच्च रक्तचाप, सुगर लगायतबाट पिडित खनाल लामो समयदेखि उपचारकालागी गा्रण्डी अस्पत्तालमा भर्ना भएका थिए । पुर्व प्रमुख जिल्ला अधिकारी सिडियो समेत रहेका खनालका श्रीमती, तीन छोरा र एक छोरी छन ।

स्वर्गीय खनालको अन्तिम संस्कार दिउसो १ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय खनालप्रति हार्दिक श्रद्धाञ्जलीसहित शोकाकुल परिवारमा हार्दिक समवेदना ।

Post a Comment

0 Comments