Subscribe Us

काठमाडौंका एसएसपी पोखरेलको दिल्लीमा सरुवा,
उनको ठाँउमा एसएसपी लामा, ललितपूरमा आए धानुक

काठमाडौं । कार्य क्षमतामा कमजोर देखिएपछि महानगरीय प्रहरी परिसरका एसएसपी बिश्वराज पोखरेल हटाईएका छन् । 

गत साता अपहरण पश्चात हत्या भएका निशान खड्काको अनुसन्धानमा कमजोर देखिएपछि उनलाई ६ महिनामै परिसरबाट हटाईएको हो । उनको सरुवा नेपाली दुताबास दिल्लीमा भएको छ । 

अनुसन्धानमा अपराध महाशाखालाई सहयोग गर्नुको सट्टा चर्चा कमाउन अपहरणकारीलाई धम्की सहित सन्देश पठाएपछि आईजीपी सर्बेन्द्र खनाल उनीबाट रुष्ट बनेका थिए ।

काठमाडौं जस्तो संबेदनशिल क्षेत्रमा उस्ता व्यक्तिलाई जिम्मा दिदा भोली झन ठूलो घटना घट्न सक्ने भन्दै उनले गृहमन्त्रालयमा एसएसपी पोखरेललाई पनि हटाउन पर्ने प्रस्ताव राखेको स्रोतले बतायो । अन्य एसएसपीको नियमित सरुवा भएपनि पोखरेलको भने प्रधानकार्यालयले असक्षम साबित गर्दै हटाएको हो । उनको ठाँउमा एसएसपी बसन्त लामालाई ल्याईएको छ । लामा संगठनमा एक सक्षम र व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन । 

३३ किलो सुन काण्डमा गहन अनुसन्धान गर्दै सरकारलाई सहयोगी भूमिका खेलका लामालाई प्रधानकार्यालयले पुरस्कृत गर्दै काठमाडौं ल्याएको हो । उता ललितपूरमा एसएसपी रबिन्द्र धानुकलाई पठाईएको छ । देउवा सरकारको अन्यायमा परेर खेदिएका धानुकलाई आईजी सर्बेन्द्र खनालले ललितपूरको जिम्मा दिएका छन् ।  

 नेकपा एमालेका सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरूद्ध अदालतमा मुद्दा दर्ता गर्न कै लागि काठमाडौं परिसर आएका एसएसपी पोखरेल दुई महिना देखी विवादमा मुछिदै आएका थिए ।  सुरूका दिनमा उनले रामै्र कामको थालनी गरे पनि पछिल्लो दुई महिना यता उनी विवादमा मुछिन थालेका हुन् । 

सरूवाको हल्लासँगै उनले काम भन्दा बढी प्रचारबाजी गर्न थालेका थिए । अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा उनले हस्तछेप गर्दै आएका थिए । प्रहरी प्रधान कार्यालको कानुन शाखामा लामो समय काम गरेका र पूर्वडिआईजी सिलवाल फसाउन जनसेवा वृत्तको ईन्र्चाज छाडेर परिसरको मुद्दा हेर्न आएका डिएसपी मोहन थापाको लहलहैमा लागेर एसएसपी पोखरेले विवादीत काममा हात हाल्दै आएका थिए । 

परिसरका अन्य अधिकृतलाई छायाँमा राखेर डिएसपी थापा र एसपी पोखरेलको साँठगाँठमा कानुन विपरितका काम हुन थालेको ति अधिकृतले बताए । कुनै प्रमाण नभएका आर्थिक कारोबारमा समेत एसपी पोखरेलले र डिएसपी थापाले गुण्डागर्दी शैलीमा व्यक्तिलाई बोलाएर कागज गराउने, चेक कटाउने गर्दै आएका छन् । पछिल्लो समय अदालतमा विचारधिन अवस्थामा रहेका शेयर विवादमा समेत एसएसपी पोखरलेको आदेशमा डिएसपी थापाले दश करोडको कागज गराएका थिए । 

दुई महिना अगाडी अदालतमा विचाराधिन अवस्थामा रहेको वेभ सर्फरका सञ्चालक र विदेशी लगानीकर्ताबीचको करोडौंको सेयर विवादमा पनि उनले गैर कानुनी तरीकाले हात हालेका थिए । जुन मुद्दा प्रहरीले हेर्न मिल्ने अवस्थामा थिएन तर एसएसपी पोखरेलको सिफारिसमा मुद्दाका डिएसपी मोहन थापाले जबरजस्ती राती दश बजेसम्म परिसरमा राखेर दश करोडको काजग गराएका थिए । 

त्स्तै मैखिक उजुरीकै आधारामा म्यानपावरको नाममा मिटरव्याजीमा पैसा लगाउने राधिका कटवाललाई समेत डिएसपी थापाले ३५ लाखको चेक विवादित व्यापारी अनिल गजमेरसँग कटाएका थिए । लेनदेनका मुद्दा हेर्नेदेखि पक्राउ गरेका गुण्डालाई समेत एसएसपी पोखरेलले सहजै छाड्दै आएका छन् । दुई साता अगाडी ठूलो हल्ली खल्लीसहति पक्राउ परेका काभ्रेका सत्यमान लामालाई एक रात पनि उनले थुनामा राख्न सकेनन् ।

जिल्ला प्रशासन कार्यालयबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू भएका लामालाई एमालेकी सांसद नबिना लामाले थर्काएको भरमा हाजिरी जमानीमा छाडिएको थियो । यस बिषयमा समेत उनी ठूलो विवादमा तानिए ।
पक्राउ पर्नसाथ ठूलै माछा हाता लाघेको हवाला दिदै सञ्चारमाध्यम समाचार लेखाउने उनको शैली केबल सस्तो लोकप्रियताको लागि मात्र भएको देखियो । 

एसएसपी पोखरेलले शुरूमा कालोबजारी, दिल्ली काठमाडौं बसबाट हुँदै आएको तस्करी, लागूऔषध, हुण्डी, गुण्डागर्दी, भारतीय नक्कली नोटको कारोबारलगायतविरूद्धको अप्रेशन गरेर चर्चा कमाएका थिए । जसमा सञ्चारमाध्यमले समेत साथ दिएका थिए । तर उनले विस्तारै सस्तो लोप्रियताको लागि विवादित काममा हात हाल्न थालेपछि उनको चरित्र उदाङो भएको हो । 

१४ करोडसम्मको अवैध कारोबार गरेका सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीको समुहको मुद्दालाई जुवा ऐन लगाएर  २०० रूपैयाँ मै छुटकारा गराए । तर अपराध महाशाखाले पक्राउ गरेको तिवारी समुहका नाईके नागराज भन्ने अमित अग्रवाल भने जेल चलान भए । तिवारी समुहलाई संगठित अपराधमा मुद्दा चलाएको भए उनीहरूपनि जेल जाने निश्चित थियो । 

तर पूर्वआईजी उपेन्द्रकान्त अर्यालको दबाब थेक्न नसक्दा एसएसपी पोखरेल उनलाई जेवा ऐन मात्र लगाएर उनमुक्ति दिएको चर्चा परिसरमा छ । कर्मचारी प्रशासनमा बसेर पूर्वआईजी अर्याल र तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा पूर्वडिआइजी नवराज सिलवालको कागज किर्ते गर्न सहयोग गरेकै भरमा एसएसपी पोखरेल अघिल्ला व्याचलाई समेत उछिनेर अगाडी आएको ल्याईएको थियो ।

उनको व्याजमा उत्तम सुबेदी र धिरज प्रताब सिंहको तुलनामा उनलाई लिन नमिल्ने उनकै समकक्षीहरू बताउँछन् । पोखरेल निकट एक प्रहरी अधिकारीका अनुसार उनी सातामा एक पटक सर्वोच्च अदालतका न्यायधिश चोलेन्द्र शमशेर राणा, अख्तियारका कार्यवहाक प्रमुख आयुक्त नविन घिमिरे, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र रक्षा मन्त्री इश्वर पोखरेलकहाँ नाता जोड्दै चाकडी गर्न पुग्छन् ।

 एसएसपी लामा  मोरङमा भएको सनम शाक्य र सुन तस्करी घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए। 

 ललितपुर प्रहरी प्रमुखमा गणेश ऐरको ठाउँमा रवीन्द्र धानुकलाई सरुवाको चर्चा छ । धानुक पहिला दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका थिए । प्रहरी प्रधान कार्यालयले अन्य एसएसपीहरूको पनि सरूवा गरेको छ 

Post a Comment

0 Comments