Subscribe Us

स्याङजाका सिकेले यसरी ठगे,
लाखौको बिज्ञापन गर्ने करोडौं ठग्ने

स्याङजा स्वरेक – ८  हाल काठमाण्डौ बस्दै आएका  कृष्ण बहादुर सिकेले  विभिन्न देशमा आकर्षक तलब सुविधासहितको सुविधासहितको जागिर भन्दै राष्ट्रिय पत्रिकाहरुमा सुचना निकाल्दै सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढेको छ । 

बानेश्वरमा रहेको कोरल एजुकेशन कन्सल्टनेशी,  बसुन्धरामा रहेको  रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुसन, बाट आकर्षक तलब सुविधा देखाएर सस्थाको नामबाट राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगि गर्ने गरेको तथ्य भेटिएको छ । यी दुवै कन्सल्टेन्सी र मेनपावर एकै व्यक्ति कृष्ण बहादुर सिकेको रहेछ ।

सिकेबाट ५० हजार देखी माथि बुझाउनेको संख्या धेरै छ । पिडितहरुमा  लक्ष्मी श्रेष्ठ ६लाख ६० हजार, बिदुर घतानेको ६ लख , गोविन्द रेग्मी ५ लाख, ओम बहादुर पुनको ४ लाख, राज कुमार कार्की २ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, आर्यान जोशीको २ लाख, प्रविन जङ बस्नेत २ लाख, लेख नाथ सुवेदी २ लाख १० हजार, श्याम २ लाख, श्रीजना बिडारी १ लाख ७५ हजार, सोभीत शर्मा  १ लाख ५० हजार,समीर तिवारी १ लाख ५० हजार, देब कुमार श्रेष्ठ १ लाख, सागर पुरीको १ लाख , गजेन्द्र बम १ लाख,सरोज श्रेष्ठ ६० हजार, सन्दीप श्रेष्ठ ५० हजार  छ्न । अझै थेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ’ । 


आफुहरुले ब्याजमा पैसा खोजेर सिके लाई बुझाएको भन्दै सावा ब्याज सहित पैसा फिर्ता गराउनु पर्ने  पीडितहरुले  माग गरे ।सीकेले  आफुहरुसंग बेलाबेलामा भाइबर मा कुरा हुने पैसा माग्दा सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको अर्को हप्ता, अर्को महिना भन्दै टार्ने गरेको पीडितहरुले जनाए । 

कता हुनुहुन्छ भन्दा सीकेले आफू कहिले दुबई, कहिले भारत र कहिले नेपाल छु भन्ने गरेको पिडीत बताउछ्न । पीडीतहरु भबीस खड्का , प्रबिन जङ बस्ने , देब कुमार श्रेष्ठ,मनोज बम र गजेन्द्र बम ले पैसा माग्दा बाउस चेक दीएर  झुक्काएको गुनासो गरे । हाम्रो पैसा कहिले दीने भन्दा तेरो पैसा मैले खाएको छैन। द्यगकष्लभकक मभब िगर्दा लगेको हो मैले समयमा काम गर्ने सकीन । चुप लागेर बस भनेर उल्टै धम्काउने गरेको पीडीतहरु बताउछ्न ।


आफुहरुले सिकेको बिरुद्धमा महानगरीय प्रहरी वृत टेकुमा उजुरी दिएको घटना घटेको २ महिना भन्दा बढी भएपनी प्रहरीले आरोपीत व्यक्तिलाइ समात्न नसकेको पीडितहरुले गुनासो गरे । टेकु प्रहरीले सिके लुकेर बसेको आशंकामा खोजी कार्य जारी राखिएको बताएता पनि घटना घटेको २ महिना भन्दा बढी भएपनी प्रहरीले अहिले सम्म आरोपीत व्यक्तिलाई समात्न भने सकेको छैन ।

Post a Comment

0 Comments