Subscribe Us

दिल्ली रोक्न पोखरेलको भागदौड

काठमाडौं । महानगरीय परिसर काठमाडौंबाट असक्षम सावित भई दिल्लीस्थित नेपाली दुतावासमा सरुवा भएका एसएसपी विश्वराज पोखरेल यहिले सरुवा रोक्न शक्तिकेन्द्रको भागदौडमा छन्् ।

गत साता सरुवा भएका अन्य एसएसपीले आ आफ्नो कार्यभार सम्हालीसक्दा पनि उनी प्रधान कार्यालयको प्रशासन शाखामा हाजिर गर्दै सरुवा बदर गर्न शक्ति केन्द्र धाउन थालेका छन् ।

११ बर्षीय बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने अभियुक्तलाई धम्क्याएर एसएमएस गरेपछि उनको कार्यक्षमता प्रश्न उठेको थियो । 

सोही कारण नेपाल सरकारले कार्यकाल पुरा नहुँदै उनको सरुवा दिल्लीस्थित नेपाली दुतावास गरेको हो । दुतावास आकर्षक र राम्रो पोष्टिङ मानिएता पनि एसएसपी पोखरेल भने उक्त सरुवा बदर गरेर आईजीपी सर्वेन्द्र खनाललाई देखाईदिन्छु भन्दै दिन रात शक्तिकेन्द्र धाउँदै आएका छन् । सरुवा बदर गर्न एसएसपी पोखरेल रक्षा मन्त्री ईश्वर पोखरेल, ठेकदार तथा व्यवापारी दिपक कुँवर र अख्तियारका आयुक्त नवीन घिमेरेको शरणमा पुगेको स्रोतले बतायो । 

घरायसी  समस्या देखाउँदै एसएसपी पोखरेले यहिले रक्षा मन्त्री पोखरेलबाट गृहसचिव पे्रम राई र आईजीपी खनाललाई दबाब दिँदै आएका छन् । उता अख्तियारका आयुक्त घिमेरेले समेत आईजी खनाललाई एसएसपी पोखरेललाई काठमाडौंमै कतै मिलाएर राख्न अनुरोध गर्दै आएको स्रोत बताउँछ । पूर्व डिआईजी पवन खरेलको शरणमा एसएसपी पोखरेल पुगेपछि खरेलले आयुक्त घिमेरको च्यानल फिट गरेका थिए । 

खरेल र घिमेरको छोरा र छोरीको बिहे गराउन प्रमुख भूमिका एसएसपी पोखरेल निभाएका थिए । त्यहि गुण तिर्न अहिले गत महिना मात्र अवकाश पाएका डिआईजी खरेल र आयुक्त घिमेर लागेको चर्चा प्रधान कार्यालयमा छ । उता एसएसपीको सरुवा अगाडी नै पोखरलेलाई कतै सरुवा नर्गन दबाब दिदै आएका रक्षा मन्त्री इश्वर पोखरेलले ‘मेरो भाई हो’ भन्दै कुनै पनि हालतमा महानगरीय आयुक्त कार्यालय रानीपोखरी वा लागूऔंषध नियन्त्रण व्यूरोमा दरबन्दी कायम गर्न गृहसचिव र आईजीपीलाई दबाब दिदै आएको स्रोतको दाबी छ । 

राष्ट्रपतिबाट प्रदान गरीने विभूषण लिने योजनामा समेत एसएसपी पोखरेल छन् । प्रहरी प्रधानकार्यलय र गृहमन्त्रालयबाट सिफारिसर नभए पनि उनी पदक पाउनेमा आशावादी छन् । पदक वितरणको संयोजक रक्षा मन्त्री ईश्वर पोखरेल भएपछि बिना सिफासिर पदक हात लगाएर आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँड्ने गरेका छन् ।  

Post a Comment

0 Comments