Subscribe Us

स्वघोषित ‘सिंघम’ डिएसपीले पाए नसियत

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी प्रदीपबहादुर क्षेत्रीले नसियत पाएका छन् ।विवादास्पद पृष्ठभूमिका उनीमाथि संगठनका गोप्य सूचना चुहाएको आरोप लगाउँदै आयुक्त कार्यलयले नसियत दिएको हो । 

दुई साता अगाडी आयुक्त कार्यालयबाट जारी परिपत्र डिएसपी क्षेत्रीले चुहाएको छानबिन समितीको अनुसन्धानबाट खुलासा भएको थियो । 

उनको गत साता नै कालिमाटी वृत्तमा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा भएको छ । जर्गाहा कारवाही स्वरूप प्रहरीका अधिकृत थन्काउने ठाँउका रूपमा हेरिन्छ ।

विभिन्न गैरव्यावसायिक हर्कत गर्दै आएका डिएसपी क्षेत्रीलाई आईजी सचिवालय र आयुक्त कार्यालयले पटक–पटक चेतावनी दिँदै आएको थियो । 

डीएसपी क्षेत्रीको गैरव्यावसायिक क्रियाकलापमा आयुक्त कार्यालयका प्रमुख डीआईजी मनोज नेउपानेले लगाम लगाउन खोजेपछि डीएसपी क्षेत्री डीआईजीविरुद्ध उत्रिका थिए ।  डीआईजीको चेतावनी पश्चात –डीएसपी क्षेत्रीले बदला लिन पदीय मर्यादा उल्लंघन गर्दै डीआईजी नेउपानेविरुद्ध मिडियाबाजी समेत गराएको अनुसन्धानबाट खुलासा भएको छ । 

गतहप्ता विभिन्न सञ्चारमाध्यममा डीआईजी नेउपानेले सीसीटीभी खरीद गर्दा आर्थिक अनियमितता गरेको भन्दै प्रकाशित समाचारमा प्रहरी मुख्यालयले समेत सूक्ष्म रूपले छानविन गरेको थियो । प्रारम्भिक चरणको छानविनका क्रममा समाचारमा आएजस्तोे अनियमितता नभेटिएपछि समाचार लेखाउने स्रोतको खोजी गरी कारवाही गर्न आयुक्त कार्यालयलाई आदेश दिइएको थियो ।

प्रहरी मुख्यालयको आदेश पश्ताच डीआईजी नेउपानेले समाचारमा सार्वजनिक भएका सरकारी कागजातको विषयमा छानविन शुरु गर्न महानगरीय प्रहरी परिसरलाई आदेश दिएको थियो । आयुक्तको आदेश पश्ताच परिसरले एसपी रामदत्त जोशीको संयोजकमा एक छानविन समीति गठन गरेको थियो । छानविन समितीले अनुसन्धानका कागजात महानगरीय प्रहरी वृत्त कालिमाटीबाटै बाहिरिएको प्रमाण फेला पारेको थियो ।

समितीको सिफारीसपछि आयुक्त कार्यालले डीएसपी क्षेत्रीलाई नसियत दिएको हो । दुई महिना अगाडी डिएसपी क्षेत्री उत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत समेत भएका थिए । पछिल्लो समय मीडियामा बद्नाम हुन थालेपछि उनले आफैंले आफूलाई सिंघम डिएसपीको सख्या दिदै समाचार लेखाएको आरोप समेत समकक्षीले लगाएका छन् । 

Post a Comment

0 Comments