Subscribe Us

अपराध नियन्त्रण तथा अनुसन्धान गर्न डीएसपीको नयाँ योजना,
यूरोपियन स्टाईलमा लैनचौर बृत्त

काठमाडौँ । अपराध नियन्त्रण र रोगथामको लागी प्रहरी र नागरिकबीच सहकार्य आबाश्यक रहेको औल्याउँदै लैनचौर प्रहरीले नागरिक सुनुवाईको कार्यक्रम सञ्चालन गरेको छ ।

महानगरीय प्रहरी बृत्त लैनचौरले आज ठमललेको धोबीचौरमा एक कार्यक्रमको आयोजना गर्दै अपराध अनुसन्धान र रोकथाममा नागरिकको महत्यपूर्ण भूमिका हुने भन्दै जनचेतनाको कार्यक्रममा अन्र्तगत नागरिक सुनुवाईको कार्यक्रम अगाडी सारेको हो ।

राजधानीको मुटु मानिने पर्यटकिय केन्द्र ठमेलमा बिभिन्न खालको अपराध हुने र त्यसलाई रोकथाम गर्न नागरिक र प्रहरीबीच सहकार्य आबाश्यक रहेको कार्यक्रममा बताईएको थियो । 

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपीं) गौतम कुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको वताएका थिए ।

जनसमुदायबाट पाप्त सुचना पाए अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई चाँडै सफला मिल्ने पनि उनले बताए । 

 लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चार जना पक्राउ, रु २० लाखसहित हुण्डीका कारोबारी पक्राउ र विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ तथा मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको बताए । 

 सोही अवसरमा वृत्तले प्रहरीका विभिन्न कामकारबाहीबारे तयार पारेको वृत्तचित्र प्रस्तुत गर्नुका साथै नयाँ कार्यक्रमसम्बन्धी पोष्टर, पम्पेल्ट विमोचन गरी वितरण गरिएको थियो । यस्तै, वृत्तले शुक्रबार कपुरधारामा इनारमा अचेत अवस्थामा रहेका तीन जनाको उद्दार गरेर अस्पताल पुर्याएको थियो । डिएसपी केसी आँफै इनारमा पसेर  घाईतेको उद्दार गरेका थिए । बृत्तको कमाण्ड सम्हालेको एक महिना मै डीएसपी गौतमले लौनचौर प्रहरी बृत्तलाई एक नमुना प्रहरी कार्यालयको रुपमा व्यवस्थित गरेका छन् । 

महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको ‘उक्त कार्यक्रमुमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपींं) विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारपूर्वक काम गर्दै आइरहेको दाबी गरेका थिए । 

 एसएसपी पोखरेलले जनताको अपेक्षा अनुसार प्रहरीले काम गर्न जनताको साथ र सहयोग उत्तिकै आवश्यक रहेको वताए । प्रहरी अपराधीविरुद्ध निर्दयीपूर्वक नउभिएसम्म काठमाडौँको अपराध नियन्त्रण नहुने उनको भनाई थियो । काठमाडौँ महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधीहरु हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

 काठमाडौँ महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरले समृद्धीको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने वताए । 

Post a Comment

0 Comments