Subscribe Us

अपराध महाशाखा चम्काउँदै एसएसपी सिंह

काठमाडौं । एक बर्षदेखि सेलाएको महानगरीय अपराध महाशाखा एसएसपी धिरजप्रताप सिंहको आगमनसँगै निक्कै सक्रिय भएको छ । एसएसपी सर्र्वेन्द्र खनाल (हाल आईजी) को सरूवासँगै महाशाखा सेलाएको थियो । 

खनालपछि महाशाखामा आएका एसएसपी दिनेश अमात्य ६ महिना नबित्दै तानिए भने त्यसपछि आएका एसएसपी दिपेश लोहनी पनि साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा तानिए ।

अहिले महाशाखाको जिम्मा सिंहले पाएका छन् । उनी आएको तीन महिना नवित्तै महाशाखाले धेरै उपलब्धी हात पारेको छ । 
आपराधिक गिरोहसँग रहेको वैध हतियारको लाईसेन्स रद्ध गर्दै नियन्त्रण, नागराजको नाममा सट्टेबाजी धन्दा चलाउँदै आएका अमित अग्रवाल पक्राउ गरी जेल पठाउन महाशाखा सफल भयो । 

अग्रवालले नेपालमा एक दशक देखि सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए । त्यस्तै सलमान खान नेपाल ल्याउने भनेर टिकट बिक्री गरी करोडौं ठगी गरेका सिमान्त गुरूङको पक्राउले महाशाखाको हाईट बढेको छ । राजनीतिक आडमा रहेका गुरूङले पटक–पटक यस्ता कार्यक्रम गर्ने भन्दै ठगी गर्दै आएका थिए । 

यस्तै महाशाखाले लुटपाटमा संगलग्न एक दर्जन गिरोहलाई पक्रउा गरिसकेको छ । ति मध्य एक जनालाई गोली प्रहार गरेरै नियन्णमा लिएको थियो । डलर र सुन देखाएर सर्बसाधारणलाई ठगी गर्ने गिरोह माथि महाशाखाले अप्रेशन नै चलाएको छ । अप्रेशनमा एक दर्जन पेशेवर लुटेरा पक्राउ परिसकेका छन् । 

यसै अन्र्तगत गत साता ११ बर्षिय बालक निशान खड्काको अपहरण पछि हत्या गर्ने दुई व्यक्तिको ईन्काउन्टरले महाशाखाको उचाई झन बढाएको छ । नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङ महाशाखाको ईन्काउन्टर मा परेका हुन् । निशानको अपहरण पछि हत्या गरी फरार रहेका उनिहरूलाई महाशाखाको टोलीले झक्तपूरमा नियन्णमा लिन खोज्दा प्रहरीमाथी नै फायर खोलेपछि प्रहरीको जवाफि फाईरिङमा उनिहरू मारिएका हुन् । 

तीन महिनाको अवधिमा महाशाखाले उपत्यककाको शान्ति सुरक्षामा ठूलै योगदान दिएको सर्बसाधारणको बुजाई रहेको छ । अब महाशाखाले हराएको तस्करीको साढे ३३ किलो सुन र त्यसमा संलग्न अन्य अभियुक्तको खोजी थालेको छ । 

Post a Comment

0 Comments