Subscribe Us

६१ हजार अबैध डलरसहित तिन पक्राउ

काठमाडौं । महानगरीय प्रहरी बृत्त लैनचौरले ६१ हजार अबैध डलरसहित तिन जनालाई नियन्त्रणमा लिएको छ । 

अबैध डलरको कारोबार हुने गरेको गोप्य सुचनको आधारमा तिन जनालाई पक्राउ गर्दा उनिहरुको साथबाट उक्त परिमाणको अबैध डलर बरामत भएको हो । 

प्रहरीले सुनसरी धरानका ३५ वर्षीय अमर विक, रुकुम, सिस्नेका २९ वर्षीय धन बहादुर खड्का र नयाँ बजारका एक जनालाई नियन्त्रणमा लिएको बृत्तका डीएसपी गौतम केसीले बताए । 

एक साता लामो निगरानी पछि उनिहरु डिएसपी गौतमको फन्दामा परेका हुन । उनीहरुको साथबाट अमेरिकी डलर ६१ हजार ६ सय २० फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरु हुण्डी र सुन कारोबारी हुनसक्ने प्रहरीको आशंका छ। ‘हुण्डी कारोबार र सुन कारोबारी भएको आशंका छ, थप अनुसन्धान गरिरहेका छौं।’ पक्राउ परेका मध्य बिक सुन व्यवसायी हुन । 

Post a Comment

0 Comments