Subscribe Us

प्रहरी ईन्काउन्टरमा दुई अपहरणकारी मारिए

काठमाडौँ । ११ वर्षीय बालक निशान खड्काको अपहरण पश्ताच हत्या गरी फरार रहेका दुई अपहरणकारी प्रहरीको कारवाहीमा मारिएका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी फाईरिङ खोलेपछि प्रहरीको जवाफी फाईरिङमा दुई अपहरणकारी मारिएका हुन । 

मारिनेमा सिन्धुपाल्चाोकका २३ बर्षीय अजय तमाङ र २२ बर्षिय गोपाल तमाङ रहेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताव सिंहले बताए । 

तमाङद्धयले काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरणमा गरी ४० लाख फिरौती माग गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । अपहरणकारीको शिकार भएका निशान सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभई हाल काँडाघारीमा आमासँगै बस्दै आएका थिए । 

उनी काँडाघारी नजिकै हाईल्याड स्कुलमा कक्षा ६ पड्दै आएका थिए भने उनकी आमा चिया पसल चलाउँदै आएकी थिईन । 
उनका बाबु मलेशियामा भएको प्रहरीले जनाएको छ । निशान आइतबार साँझ आफ्नै डेरा नजिकबाट अपहरणमा परेका थिए । बालक अपहरणमा परे लग्गतै अपराध महाशाखाको टोलीले उपत्यकाका सिज गरी अनुसन्धान सुरु गरेको थियो । 

बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजि सुरु गरिएको थियो । बालकको खोजि भईरहदा राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए ।

Post a Comment

0 Comments