Subscribe Us

इन्स्पेक्टरको मनपरीले डाक्टर र नर्सको यसरी भयो समाजिक प्रतिष्ठा ध्वस्त

काठमाडौं । रेष्टुरेण्टमा बसेर ढुक्कसँग खान नपाईने अवस्थाप्रति सर्वसाधरणको आक्रोस बढिरहेको छ । 

प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले रेष्टुरेण्ट वा गेष्टहाउस जहाँसुकै प्रहरीको उपस्थिति आवश्यक छैन तर सोधपुछ भने आवश्यक रहेको बताउँदै आए पनि सर्वसाधारणले भने त्यसलाई महशुस गर्न पाएका छैननन् । 

आइतबार मात्रै प्रहरी महानीरिक्षक खनालले बालाजु वृत्तमा अनुगमन गर्नेक्रममा रेष्टुरेण्टमा पसेर जथाभावी नगर्न निर्देशन दिए भने त्यसअघि लैनचौर वृत्तमा पनि २१ औं शताब्दीको पुलिसिङ प्रविधि मैत्री हुनपर्ने भन्दै ठमेल पर्यटकीय इलाका भएकाले प्रविधिका माध्यमले सर्भिलेन्स गर्न र जथाभावी प्रहरीको उपस्थितिलाई कम गर्न निर्देशन दिएका थिए । 

बालाजु वृत्तले रेष्टुरेण्टमा पसेर छापामार्दा ३ महिनकी सुत्केरी समेत पक्राउ परेपछि छापा हान्ने नाममा प्रहरीले ज्यादती गरेको गुनासो प्रहरी प्रधान कार्यालयमा पुगेपछि चर्चामा आउन र जथाभावी दःुख दिने निययतले भन्दा पनि सत्यमा आधारित रहेर मात्रै छापा मार्न प्रहरी प्रधानकार्यालयको तत्काललै निर्देशन गएको छ । 

आइजीपीको निर्देशनसँगसगै २१ औ शताब्दीको प्रहरीले शरीर उपस्थिति देखाएर रेष्टुरेण्ट पस्दा झापामा दुई डाक्टर र एक नर्सले समाजमा आफ्नो प्रतिष्ठा गुमाएका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नीरिक्षक कैलाश राइलाई सनक चढेपछि त्यहाँका दुइ डाक्टर एक नर्सले सामाजिक प्रतिष्ठा गुमाएका हुन् । डां विनोद भट्टराईकी श्रीमती सन्ध्या प्रधान भटटराई र अर्का डाक्टर अनिल थापाले समाजिक प्रतिष्ठा गुमाए । 

झिलझिले प्रहरी कार्यालय नजिकै विहिबार साँझ एक खाजघरमा डाक्टर अनिल थापा नर्स सन्ध्या प्रधान ड्युटी सकाएर खाजा खान पसेका थिए । खाजा खादै गर्दा त्यहा प्रहरी नीरिक्षककै कमाण्डमा छापा हानियो । छापा हान्दा उनीहरू पक्राउ परे । स्रोतकाअनुसार उनीहरूलाई रातभरी झिलझिले प्रहरी कार्यालयमा राखियो र अर्का डाक्टर विनोद भट्टराइलाई पनि बोलाइयो । 

विनोद भट्टराई झापाका स्थानीय बासिन्दा हुन् भने थापा काठमाडौ गोकर्ण निवासी हुन् । प्रहरीले थापा र सन्ध्यालाइ अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेपनि आखिर त्यस्तो थिएन, उनीहरू खाजा खादै थिए । खाजाघरका सञ्चालकले समेत उनीहरू खाजा खाने ग्राहक हुन् भन्दा पनि प्रहरीले जवरजस्ती उनीहरूलाई पक्राउ गरी लगेको थियो । प्रहरी कार्यालयमा विनोद आएपछि सन्ध्या र उनीबीचको सम्बन्ध विच्छेदको कुरा उठाइयो ।

त्यसक्रममा डा. अनिल थापाले आफ्नो कारणले सन्ध्याको जीवन बराबदमा परेको भन्दै ४० लाख दिने बताए । तर भटटराईले सन्ध्याको नाममा भएको सम्पत्ति सबै आफ्नो नाममा दिन दबाब मात्र दिएनन् उनले कार्यालय समयभन्दा बाहिर शुक्रबार साँझ जिल्ला मातपोत कार्यालयबाट डोर मगाएर सन्ध्याको नाममा रहेको घर जग्गा आफ्नो नाममा पास गराइछाडे । 

सन्ध्या र डा. थापाको कुनै गल्ती नभएको अवस्था पनि प्रहरी नीरिक्षक कैलाश राईका कारण डा. थापा र नर्स सन्ध्या माथि अनावश्यक आरोप लगाए । डा. विनोदले सन्ध्याको नाममा भएको सम्पत्ति आफ्नो नाममा नामसारी गरे पनि उनीहरूबीच आइतबार सम्बन्ध विच्छेद भैनसकेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डा. थापाले र उनको परिवारले सन्ध्याको जीवन बरबाद हुनबाट बचाउन अनेक कोसिस गर्दा विनोदले नमानेपछि सन्ध्यालाई डा. थापाले ४० लाख दिने भएका हुन् । डा. विनोद, डा. अनिल र नर्स सन्ध्या एउटै अस्पतालमा कार्यरत कर्मचारी हुन् । नर्स सन्ध्या भने हाल आफन्तको शरणमा बस्दै आएकी छिन ।

Post a Comment

0 Comments