Subscribe Us

जस्तो मति त्यस्तै दुर्गति
२४ घन्टा नबित्दै मारिए बालक अपहरणकारी

काठमाडौँ । मति राम्रो भए गति पनि राम्रै हुन्छ । अपराधिक मानसिकताबाट चाँडो पैसा जम्मा गर्ने नियत राख्ने दुई अपहरणकारीको दुर्गति नै भएको छ । 

सिन्धुपाल्चोक घर भई काँडाघारीमा आमासँग बस्ने ११ वर्षीय बालक निशान खड्काको अपहरण पश्ताच हत्या गरी फरार रहेका दुई अपहरणकारी महानगरीय अपराध महाशाखाको इन्काउन्टरमा मारिएका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी फाईरिङ खोलेपछि प्रहरीको जवाफी फाईरिङमा सिन्धुपाल्चाोकका २३ बर्षीय अजय तमाङ र नुवाकोटका २२ बर्षिय गोपाल तमाङ मारिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताव सिंहले बताए । 

तमाङद्वयले काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण गरी ४० लाख फिरौती माग गरेको महाशाखाको अनुसन्धानबाट खुलेको छ । २४ घन्टा पनि नबिति महाशाखाले उनीहरूको इन्काउन्टर गरेको छ । अपहरणकारीको शिकार भएका निशान सिन्धुपाल्चोकको मेलम्ची स्थायी घरभई हाल काँडाघारीमा आमासँगै बस्दै आएका थिए । 

उनी काँडाघारी नजिकै हाईल्याड स्कुलमा कक्षा ६ पड्दै आएका थिए भने उनकी आमा चिया पसल चलाउँदै आएकी थिईन । 
उनका बाबु वैदेशिक रोजगारीका शिलशिलामा मलेसीयामा भएको प्रहरीले जनाएको छ । 

बालक अपहरणमा परे लग्गतै अपराध महाशाखाको टोलीले उपत्यकाका सिज गरी अनुसन्धान सुरु गरेको थियो । बेलुका ६ बजे घरबाट निस्किएका बालक फिर्ता नआएपछि उनको खोजी सुरु गरिएको थियो । बालकको खोजि भईरहदा राति ९ बजे पहिलो पटक अपहरणकारीले फोन गरेर फिरौती माग गरेका थिए ।

Post a Comment

0 Comments