Subscribe Us

मोदीका ‘आर्थिकदूत’सँग पूर्वराजाका ‘डिमान्ड’
थाइल्यान्डको ‘समर भ्याकेशन’ले निर्मलनिवासमा हिन्दूत्वको संचार

काठमाडौं । सन् २०१९ को निर्वाचनमा बहुमतका साथ सरकार बनाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दूत्व स्थापनाका लागि निर्मलनिवासलाई सहयोग गर्ने भएका छन् । यसको चाँजोपाँजो मोदीका ‘आर्थिकदूत’ सिद्धार्थ अम्बानीले मिलाउने भएका छन् । 

अम्बानीले मोदीका लागि आगामी लोक सभा निर्वाचनमा अर्बौं सहयोग गर्दैछन् । उनी जर्मनमा २५ अर्ब डलर भन्दा बढिको व्यापारमा आवद्ध ‘दामी’ व्यापारी हुन् । परिवारका साथ थाइल्यान्ड भ्रमणमा रहेका बेला पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नकै लागि अम्बानी निजी विमानबाट बैंकक पुगेका थिए । भारतीय संस्थापनसँग धार्मिक बाटोबाट जोडिएका ज्ञानेन्द्रले आर्थिक बाटोलाई पनि प्रभावकारी बनाएका छन् । बैंककमा भारतीय गुप्तचर संस्था रअका अधिकारीहरूसँग पनि उनले भेट गरिसकेका छन् । 

छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित बैंककमा समर भ्याकेशन मनाउन पुगेका ज्ञानेन्द्रले मोदीको नजिक रहेको इन्टेलिजेन्स व्युरो (आइबी)का अधिकारीहरूसँग पनि विश्वमा हिन्दूत्व जोगाउनका लागि नेपालमात्र बाँकी रहेकाले यसमा पहल गर्न भनेका थिए । 

स्रोतका अनुसार भारतले अब हिन्दूत्वको आन्दोलन अथवा एकल नारा लगाउन कठिन हुने भएकाले अन्य धर्म अति कम रहेको नेपालमा हिन्दूत्वको विजारोपण गर्नुपर्ने धारणा अम्बानीले राखेका थिए । त्यसमा पूर्वराजा ज्ञानेन्द्रले हर्ष प्रकट गरे । हिन्दूत्वको आस्था र राजतन्त्रप्रतिको विश्वा जगाउनका लागि बुहारी पूर्वयुवराज्ञी हिमानीसहित परिवारका अन्य सदस्य सक्रियताका साथ लागिरहेको जानकारी भारतीय अधिकारीलाई पूर्वराजाले गराएका थिए । त्यसमा उनको गुनासो पनि थियो,‘भारतका कारणले नै राजतन्त्र ढलेको हो ।’

गएको बुधबार बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरिरहेका छन् । यसअघि उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर पनि यहि विषयमा कुराकानी गरेका थिए । नेपालमा विश्व हिन्दू महासंघले आन्दोलनका लागि फरक तयारी गरिरहेको सन्देश लिएर बैंकक पुगेका ज्ञानेन्द्रले नेपालमा हिन्दू राज्यको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सक्रियता रहेको पनि सूक्ष्म जानकारी भारतीय एजेन्सीका अधिकारीलाई गराएको स्रोतको दाबी छ । 

पत्नी कोमल, बुहारी हिमानीसहित नातिनीहरूसँग थाइल्यान्डमा गर्मी छल्न पुगेका ज्ञानेन्द्रले हिन्दू धर्मको आन्दोलनका लागि ‘फन्डिङ’ को चाँजोपाँजो मिलाएको उच्च स्रोतको दाबी छ । ‘लगानीबिना कुनै पनि आन्दोलन सफल नहुने भएकाले हिन्दूत्व जोगाउनका लागि भारतीय उद्योगी र व्यापारीले दरबारलाई सहयोग गर्ने आश्वासन दिएका छन्’, उच्च स्रोतले भन्यो,‘त्यहि विषयमा कयन घन्टा कुराकानी भएको थियो । नेपालमा भारतको राजनीतिक भूमिकाका विषयमा यता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अन्तरक्रिया जारी राखेका बेला उता पूर्वराजासँग भने नेपालको संघीय प्रणाली ध्वस्त हुने बताइएको थियो ।

यसैबीच नेपालमा भारतले आफ्नो उपस्थिति र नेपाल हेर्ने विषयको जिम्मा काठमाडौंस्थित भारतीय दूतावासलाई मात्र छाडेको छैन । बिराटनगरको भारतीय क्याम्प बन्द गराएको उसले उत्तराखण्डबाट नेपाल नीतिलाई नियाल्न थालेको छ । ‘हेर्दा राजनीतिक सम्बन्ध देखिने तर कुटनीतिक दबाब राख्नका लागि भगतसिंह कोसियारीको नेतृत्वको एउटा खेमा र रिसर्च एन्ड एनालाइसीस विङ्ग्स (रअ)को फरक खेमालाई नेपाल राजनीति हेर्नका लागि भारतले अह्राएको छ’, उच्च स्रोतले भन्यो,‘चीनसँग सरकारको झुकाव देखिएका कारणले पनि भारतले यसरी अर्को पिल्लरमार्फत नेपालको आन्तरिक राजनीतिलाई नियाँलिरहेको हो ।’ 

Post a Comment

0 Comments