Subscribe Us

डन दावा दिल्लीमा पक्राउ,
ईन्काउन्टरको धम्कि पाँच करोडको डिल

काठमाडौं । काभे्रली समुहका गुण्डा दावा लामालाई दिल्ली प्रहरीले दुबईबाट फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा नियन्त्रमा लिएको गोप्य सुचना चुहावट भएपछि प्रहरीको एक युनिटको  योजना बिफल हुने भएको छ । 

लामालाई गोप्य रुपमा नेपालको सिमाना छेउछाउ ल्याएर ईन्काउन्टरको नाममा करोडौ रुपैंया असुल्ने योजना बिफल भएको हो । 

प्रहरीले कुनैपनि बेलामा आफ्नो ईन्काउन्टर गर्न सक्ने अनुमान लगाउँदै लामा चार महिनादेखी भारतको बिभिन्न ठाउँमा लुक्दै आएका थिए । बिषेश गरी उनि भारतको सिक्किम बस्दै आएका छन् । क्यासिनोमा जुवा खेलाउँने र खेल्ने उनको धन्दा भएको हुँदा उनि बढी जसो सिक्किम र गोवामा समय बिताउँदै आएका थिए । 

एक महिना अगाडी दावा दुबै पुगेका थिए । नेपाल प्रहरीको एक युनिटले दावालाई गोप्यरुपमा नेपाल ल्याएर ईन्काउन्टरको बहानामा करोडौं असुल्ने योजनासहति दिल्ली प्रहरीको सहयोगमा आज बिहान १० बजे नियन्णमा लिएको हो । तर दावासँग केही सिक्किमका सहयोगीहरु पनि सँगै भएको कारण नियन्णमा लिनसाथ सुचना लिक भएको हो । 

नेपाली नागरीकलाई ईन्टरपोलबाट नोटीस जारी नभएसम्म भारतले पक्राउ गरी नेपाल बुजाउन सक्दैन । तर भारतमै कुनै अपराधमा मुछिएका भए उनलाई उतै मुद्दा भने चलाउन सक्छ । नेपाल प्रहरीको एक युनिटले दिल्ली प्रहरीसँग साँठगाँठ गरी ठूलै रकमको डिल गर्न खोजेको स्रोतको दाबी छ । 

नेपाल लगेर ईन्काउन्टर गर्ने डरत्रास देखाएर गुण्डा दावासँग पाँच करोडको डिल भईरहेको छ । नेपाल प्रहरीमा बिदामा बसेका एक प्रहरी अधिकृत अहिले अबैध तरिकाले उक्त मिशिनमा लागेका छन् । यसै बिच नेपाल तरुणदलले बिना शर्त दावाको रिहाईको माग गरेको छ । 

गुण्डा नाइके भनेर चिनिने दावाको वास्तविक नाम जितेन्द्र तामाङ हो । काठमाडौंमा जुवा खेलाउने, पैसा लुट्नेलगायत अपराधिक घटनामा उनको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजीको सुचीमा राखेको थियो ।

Post a Comment

0 Comments