Subscribe Us

एभरेष्ट साइन्सको करोडौंको सम्पति हत्याउने खेल,
महालक्ष्मीका अध्यक्ष र सीईओ कमाउ धन्धामा

काठमाडौं भदौ, २५– सञ्चालन तथा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स पाएदेखिनै विभिन्न धन्धामा सामेल रहेको तत्कालिन मनकामना डेभलपमेन्ट बैंक र अहिले महालक्ष्मी डेभलपमेन्ट बैंकमा गुपचुप काण्डहरु धेरै रहेको पाइएको छ । कहिले खुमा अर्याल, भूषण राणा र भाष्कर ज्ञवालीले आफ्नो कमाउ धन्धामा प्रयोग गर्दे आएको बैंक लगभग बन्द हुने अवस्थामा पुगेको थियो । 
लुट्नका लागि बैंक भन्ने नारा सिइओ भने ग्राहकहरुले महालक्ष्मी विकास बैंकले सम्झिए हुने भएको बैंकमा विभिन्न लफडावालाहरुको चंगुलबाट अझै उम्किन सकेको छैन । जनतालाई भरपुर बैंकिङ सुविधा दिनका लागि नभई आफु र आफ्नालाई सजिलो बनाउँदै कमिसनमा धन कमाउ अभियानमा लागेका अध्यक्ष तथा बजारमा आफुले बाहेकका अरुले बैंकिङ जानेका छैनन् भनी धक्कु लगाउने सिइओ कृष्णराज लामिछानेका कारण बैंक अधोगतिमा नै सिमित रहेको छ ।

पछिल्लोपटक महालक्ष्मी  फाइनान्सलाई गाभेर महालक्ष्मी विकास बैंक बनेको सो बैंकमा अवैध रुपमा राष्ट्रबैंकको नियमलाई धज्जी उडाउँदै सिइओ बनेका लामिछानेले अध्यक्ष राजेश उपाध्यायलाई राम्रै नजराना चढाएर त्यस अघिका सिइओ रमेशकुमार भट्टराई अर्को कम्पनी खोल्ने र उनले उतै ठूलो पद खाने भन्ने अफवाह फैलाउँदै जालसाँजीमा हटाएको स्रोतको दावी छ ।
उपाध्यायलेनै नौ महिना अघि सिइओ नियुक्ति पछि एभरेष्ट साइन्स सेन्टर विराटनगरको करोडौंको सम्पति हत्याउने पहिलो प्रोजेक्ट दिएका थिए । हाराहारी ५ करोडको लोनको सो साइन्स सेन्टरको जग्गा २० करोड कमाउने र मिलेमतो जफत गरि मालामाल हुने सपना बोकेर विराटनगरमा शाखा उद्घाटन गर्ने नाटक अन्य व्यबस्थापकका कर्मचारीलाई देखाई थाहा पत्तै नदिइ उपाध्याय र लामिछाने त्यहाँ पुगेर ऋणीलाई ऋण नतिरे जमीन र सारा प्रोपर्टी सकाइदिने धम्की साथ फर्किएका थिए ।

वित्तिय अनियमिततामा राष्ट्रबैंकको कारबाहीको सूचीमा परेका लामिछानेलाई आफ्नो फाइदाको लागि राष्ट्रबैंकका केही बिचौलियासँगको सोटिङमा उपाध्यायले लामिछानेलाई सिइओ बनाएका थिए । अहिले सोही कारण बैंक भित्रका कर्मचारी सिइओको मुख समेत हेर्न नचाहने समेत स्रोतले बतायो । 
पछिल्लो समय आर्थिक अनियमितताबाट ग्रसित सो बैंक विगत २ बर्षदेखि केही मात्रमा तन्किएपनि अहिले सिइओको ब्यबहार र काम गराइको कारण फेरि धराशयी बन्ने लगानीकर्ताको भनाई छ । आफु सारै बाठो र जान्ने हुँ भन्ने घमण्डका पात्र सीईओ लामिछानेले पनि बैंकलाई माथि ल्याउने काम गर्दैनन् भन्ने यसैबाट प्रश्ट छ की उनी त्यही आर्थिक घोटाला काण्डमा मुछिएर कैलाश विकास बैंकबाट हटाइएका थिए ।
जनतालाई सेवा प्रदान भन्दापनि ऋणको प्रोपर्टी कहाँ राम्रो छ र मालामाल कसरी भन्ने नै अहिले अध्यक्ष र सीईओको गोप्य मिटिङ र दिनचर्या रहेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ । 




Post a Comment

0 Comments