Subscribe Us

एक्सनमा आईजी खनाल ,
पेट्रोल पम्प भुपूलाई ,राशन ठेकदारलाई

काठमाडौं । सशस्त्र प्रहरी बललाई ७७ जिल्लामा पु¥याएपछि आईजी शैलेन्द्र खनाल एक्शनमा उत्रिएका छन् । अघिल्लो साता पिसिसिको बैठक राखेर उनले संगठनको भावी कार्यदिशा तय गरेर एक्शनमा उत्रिएको संकेत दिएका हुन् । 

नयाँ संरचना लागु भएपछि बसेको पहिलो पिसिसि बैठकले सशस्त्र प्रहरी बलको हलचोकमा रहेको पेट्रोल पम्पलाई पूर्वसशस्त्र प्रहरी संगठनलाई सञ्चालन गर्न दिने निर्णय पारित गराएका छन् । 

तालिम प्राप्त दक्ष जनशक्ति पम्पमा तेल हालेर बस्नुभन्दा उसलाई रचनात्मक काममा प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । आगामी असोजबाट पेट्रोल पम्प भुपू संगठनलाई सञ्चालन गर्न दिने र उपल्लो व्यवस्थापन तथा अनुगमनमा थोरै कर्मचारी खटाईने भएको छ । 

भुपू संगठनले अन्य आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने तथा बलले पम्मपमा खटिने कर्मचारीहरूका लागि खाजा खर्च र पोशाकको व्यवस्थापन गर्ने पिसिसि वैठकबाट निर्णय भएको वल मुख्यालयले जनाएको छ । 

त्यसैगरि सोही बैठकले सशसत्र प्रहरी बलमा फेरि राशन ठेक्कामा लैजाने निर्णय पनि गरेको छ । दुई वर्ष अघिदेखि राशन वापतको रकम व्यक्तिको खातामा जम्मा गर्न थालिए पनि मेस सञ्चालन गर्दा क्वार्टर मास्टरले समयमै रकम नपाउने, सरुवा भएको कर्मचारीले खाएको राशनको रकम नदिने गरेकोलगायतका समस्या आएपछि सशस्त्र प्रहरीले आगामी माघबाट पुन राशन ठेक्कामा दिने प्रक्रिया शुरु गरेको हो । 

राशन ठेक्कामा दिने प्रक्रियाका लागि सशस्त्रले गृहमन्त्रालयमा पत्राचार गरेको छ । सशस्त्र प्रहरी वल ब्यारेकमा बस्ने भएकाले रासन वापतको रकम व्यक्तिको खातामा जाँदा मेस नै नराम्रोसँग प्रभावित भएपछि आईजीले यस्तो निर्णय गरेका हुन् । 

त्यसैगरि धेरै जसो सशस्त्र प्रहरी कर्मचारी हेडक्वार्टरमा मात्रै बस्न खोजेपछि मुख्यालयले आगामी असोजबाट मुख्यालयमा नै मेस शुरु गर्ने भएको छ । बिहान १० बजे आउने ५ बजे घर फर्किने परिपाटीको अन्त्य गरेर मुख्यालयले बिहान ७ बजे नै मुख्यालयमा हाजिर गराउने र मेश सञ्चालन हुने भएको छ । 

आईजी खनालले विदेश मिसनबाट फर्किने सशस्त्र प्रहरी कर्मचारीबाट विभिन्न शिर्षकमा उठाईदै आएको जनही एक सय ५० डलर पनि आगामी माघबाट नकाट्ने निर्णय गराएका छन् । भुपू संगठन, महिला श्रीमती संघ, खेलकुद लगायतका शिर्षकमा यसअघि विदेश मिसनमा जाने सशसत्र प्रहरी कर्मचारीबाट जनही सो रकम उठाईदै आएको थियो ।

Post a Comment

0 Comments