Subscribe Us

समितीको अनुसन्धानमा खोट देखाउँदै एसएसपी लोहनीलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । साढे ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा जेल चलान भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीलाई  साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । 

७ जेठमा जिल्ला अदालत मोरङको थुनामा राख्ने आदेशलाई बदर गर्दै उच्च अदालत बिराटनगराले एसएसपी लोहनीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । 

उच्च अदालतका न्यायधिसद्धय न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । 

३३ किलो सुन र सनम शाक्य घटनाका मुख्य अभियुक्त गोरे भन्ने चूडामणि उप्रेतीलाई भगाएको आरोप लगाउँदै गृह मन्त्रालयको छानविन समितीले   लोहनी बिरुद्ध अभियुक्त भगाएको भन्दै मुद्दा दर्ता गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङले ९ प्रहरीसहित ६३ जनाविरूद्ध संगठित अपराध ऐन अनुसार मुद्दा चलाएको थियो। जिल्ला अदालतले थुनमा राख्ने आदेश दिएपछि लोहनीले उक्त आदेश बदर गरी पाँउ भन्दै ७ मा उच्च अदालत बिराटनगरामा १७ नम्बर निबेदन दर्ता गराएका थिए । 

सुन र सनम प्रकरणमा लोहनीले खटाएको टोलीका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल भने थुनामा छन्। पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, डिएसपी सञ्जय राउत, व्यापारी मोहनकुमार अग्रवाललगायतलाई सुन प्रकरणमा विपक्षी बनाइएको छ । 

उनीहरू थुनामै छन्। डिएसपी सञ्जय राउतलाई उच्च अदालतले थुनामै राखेर अनुसन्धान गर्न यसअघि आदेश गरिसकेको छ।  उता अदालतले अनुसन्धानको क्रममा तानीएका तत्कालिन आईजी प्रकाश अर्याल र बमबहादु भण्डारीलाई नबुझेको भन्दै समितीको अनुसन्धानमा खोट देखाएको छ । 

Post a Comment

0 Comments