Subscribe Us

निर्मला काण्डः सिआईबीका डिएसपी सहित पाँच निलम्बन

काठमाडौं । अबोध बालिका निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै ५ प्रहरी निलम्बनमा परेका छन् । 

निलम्बन पर्नेमा नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरा (सिआइबी) का डिएसपी अंगुर जिसीसहित अनुसन्धानमा संगलग्न चार प्रहरी अधिकारी रहेका छने । 

सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस अघि जिल्लाका प्रमुख एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् । विज्ञप्तिमा भनिएको छ, पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

त्यस्तै संदिग्ध व्यक्तिलाई छानविनको दायरामा ल्याई अनुसन्धान कार्य अगाडी बढाउन समेत निर्देशन दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो घटनालाई सरकारले गम्भिरता पूर्वक रुपमा अगाडी बढाएकाले जो कोहीको संलग्नता भएपनि कानूनी दायरामा ल्याई कारवाही प्रक्रिया अगाडी बढाउन समेत प्रतिवद्ध रहेको उल्लेख छ।

Post a Comment

0 Comments