Subscribe Us

गल्लीका गुण्डा सत्यमान महाशाखाको फन्दामा

काठमाडौं । काभ्रे, भक्तपूर र काठमाडौंमा गुण्डागर्दी गर्दै आएका सत्यमान लामा पक्राउ परेका छन् । 

सत्यमानलाई महानगरीय अपराध महाशाखा टेकुले मंगलवार दिउँसो ठमेलबाट पक्राउ गरेको हो । काभ्रे तिमाल स्थाई घर भएका सत्यमान चुनदेबीमा आलिशान महल किनेर बस्दै आएका छन् । 
सत्यमानले काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै घर मै गएर धम्की दिएको उजुरी परेपछि सत्यमानलाई महाशाखाले पक्राउ गरेको हो । 

उजुरी कर्ताको घरमै गएर लामाले ज्यान मारेर लास गायव बनाउने सम्मको धम्की दिएको उजुरीमा उल्लेख छ । 

यस अघि २८ असारमा पनि सत्यमानलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो । तत्कालिन समयमा लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारमा पक्राउ परेका लामालाई पूर्व विद्यार्थी नेत्री तथा सांसद नविना लामाले छुटाएकी थिइन् । 

आफ्नो दाई भएको दाबी गर्दै लामाले तत्कालिन एसपी बिश्वराज पोखरेललाई धम्क्याएरै म्याद् थप भईसेकेका सत्यमानलाई हाजिर जमानीमा छुटाउन सफल भएकी थिईन । पाँच बर्ष अगाडी देखी बुद्धचित्र मालाको कारोबार गर्दै आएका लामाले पछिल्लो समय उत्त व्यवसाय एकलौटी कब्जा गर्न काभ्रेली गुण्डा दावा लामाको सहयोग लिएका थिए । 

मालाको कारोबारमा दावालाई समेत पाट्नर राखेर कारोबार गर्न थालेपछि उन्य ब्यापारीलाई तिमाल प्रबेशमा निषेध नै थियो । मालामा सिण्डीकेट र किसानलाई आफ्नो मोलमा माला बेच्न यो समुहले बाध्य बनाएको थियो । यसको लागी जिल्लाका नेताहरुलाई समेत सत्यमानले प्रलोभनमा राखेका थिए । 

यो कुरा बिल्लव माओबादीले सुँईको पाएपछि गत बर्ष सत्यमान समुहले झण्डै एक करोडमा किनेको माला हतियार धारी बिप्लप माओबादीका कार्यकर्ताले दावाको समुहलाई नियन्णमा लिएर लुटपाट गरेका थिए । 

http://www.aparadhkhabar.com/2016/06/blog-post_0.html




Post a Comment

0 Comments