Subscribe Us

‘न्याय’ मागेको कि आइजीमाथि षडयन्त्र रचेको,
दुई बर्षमा २६११ बलात्कार, पूर्वमा मात्र ७३३ काँहा हराए अधिकारकर्मी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिलाउन विभिन्न क्षेत्रबाट सरकारलाई दबाब छ । राजनीतिक दल, मानव अधिकारकर्मी, महिला संघ एनजिओ÷ आईएनजिओ लगायत बिभिन्न समुह पन्तको न्यायका लागि आन्दोलनमा उत्रिएर बाबु यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तको घाउमा मल्हम लगाउन प्रयासरत छन् । 

सञ्चार माध्यमले पनि सरकार र प्रहरीको नैतिकता माथी प्रश्न चिन्ह् खडा गर्दै अनुसन्धानमा गम्भिर त्रुटी भएको जिकिर गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयले पनि त्यसको गम्भिर छानबिनको निर्णय गर्दै अनुसन्धान संलग्न प्रहरी अधिकारी र कंचनपुरका तत्कालिन एसपी डिल्ली बिष्टलाई निलम्बन गरिसकेको छ ।

प्रधान कार्यालयले अनुसन्धानको दायरा बढाउँदै गत साता एआईजीमा सिफारिस भएका डिआईजी धिरु बस्न्यातको नेतृव्यमा छानबिन समिति समेत खटाइसकेको छ । जसमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिएका एसएसपी उत्तम सुवेदी पनि छन् । समितिले कुनै पनि हालतमा बलात्कारी र हत्यारा कानुनको कठघरामा उभ्याउनेमा दुई मत छैन । 

दबाब शान्त कम गर्न आन्दोलन मन्थर बनाउने बहानामा जो कोहीलाई पक्राउ गरेर अभियुक्त बनाउन पनि हुँदैन । फौजदारी न्याय प्रणालीअनुसार कुनै पनि व्यक्तिलाई अपराधी ठहर गर्न अपराधसँग जोडिएका प्रमाण गोलचक्करको रुपमा अगाडी सार्नु पर्ने हुन्छ । महिलाहिंसा सम्बन्धी गत दुई बर्षको तथ्याङ्क हेर्ने हो भने राजनीतिक दल, महिला अधिकारकर्मी एनजिओ÷आईएनजिओ तथा सञ्चारमाध्यम आँखामा पट्टी र कानमा तेल हालेर सुतेकोजस्तो देखिन्छ । 

गएको दुई बर्षमा नेपाल भर २६११ महिला बालात्कृत भए । जसमा ० प्रतिशत नाबालिका छन् । ०७२÷०७३ मा ११३१ महिला बालात्कृत भएका छन्, भने ७४÷७५ मा यसको संस्या बढेर १४८० पुगेको छ । एक बर्षमा बलात्कृत संख्या घट्न छाडेर ३८० ले बढेको छ । यो दुई बर्षको दैनिक हिसाब गर्ने हो भने ४ महिला बलात्कृत हुँदै आएको तथ्यांकले देखाउँछ । जिल्लाको हिसाबले सबैभन्दा बढी झापामा महिला बलात्कृत हुन्छन् । 

झापामा १४८ जना महिला बलात्कृत भएका छन् । प्रदेशको हिसाबले १ नम्बर प्रदेशमा दुई बर्षको अवधिमा बलात्कारका घटना धेरै छन् । ०७२÷७३ मा पूर्वक्षेत्रमा ३४९ जना महिला बलात्कृत भएका छन् भने प्रदेश कायम भएपछि ०७४÷७५ मा ३८४ बलात्कारका घटना देखिन्छन् । 

बालात्कार गर्न खोजिएको तर हुन नपाएको संख्या पनि यत्तिकै हाराहारामी आउँछ । सबै भन्दा कम सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशमा रहेको छ । दुई बर्षको अवधिमा यो क्षेत्रमा २०६ जना महिला बलात्कृत छन् । दुई बर्षको अवधिमा सरकारले आधा अभियुक्तलाई पनि कानुनको कठघरामा उभ्यााउन सकेको छैन । 

सयौं महिला न्यायको खोजिमा छन् । तर घटनाको गाम्भिर्यताका आडमा एउटा विषयलाई राजनीतिक रङ दिएर प्रहरी नेतृत्वमाथि षडयन्त्र भएको पनि आशंका गरिएको छ । महिला हिंसा र अपराधमा संलग्न अपराधीलाई कठोर दण्ड सजायकोे कानुन नबनाई सरकारले कुनै एउटा संगठनलाई त्यसको दोष थुपारेर उम्कन पाउने अवस्था छैन । 

७२ हजारको प्रहरी फौजमा कुनै एउटा प्रहरी युनिट वा २÷४ जना प्रहरी अधिकारीले संगठनको हितबिपरित कार्य गर्दैमा पूरै प्रहरी संगठन र त्यसको प्रमुखलाई मुछ्नु राज्य कमजोर हुनु हो । स्वभावैले राम्रो काम गरेका कारणले सरकारले प्रहरी संगठनको जिम्मेबारी सर्वेन्द्र खनालको काँधमा दिएको हो । 

आफू एसपी हुदा आपराधिक गिरोहसँग साँठगाठ गर्ने डिएसपीको फूली थुतेर ईन्सपेक्टरमा झार्ने खनालले बलात्कारी जोगाउन खोज्ने प्रहरीका हाकिमलाई संरक्षण गर्लान त ? अहिले यो प्रश्नले बजार तातेको छ । निर्मला काण्डमा प्रहरीको कमाण्ड कमजोर साबित गरेर आईजीको क्षमता भाति प्रश्न चिन्ह खडा गर्न खोज्ने गिरोह सक्रिय रहेको बताइन्छ ।  

ठेक्का पट्टा र दलाली गर्ने केही गिरोहको समुह आईजी  खनाललाई बर्खास्त गराएर आफू निकटलाई आईजी बनाउन गृहसचिव प्रेमकुमार राई, गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीसँग लविङमा सक्रिय भएको उच्च स्रोतको दाबी छ । व्यावसायीक प्रहरी अधिकारीको छवि बनाएका आईजी खनालले प्रधानकार्यालमा दलाल र ठेकदारको सेटिङ ध्यस्त पारेका छन् । 
यहि मौकामा आईजीलाई कमजोर देखाएर आईजी फेर्ने भन्दै हल्ला चलाउने र सर्वेन्द्रले काम गर्न सकेन भनेर गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्री निटकबाट उनिहरूको कान भर्ने काम समेत भईरहेको स्रोत बताउँछ । धमिलो पानीमा माछा मार्न खोज्ने, राजनीतिक दलका नेताको उपयोग गर्दै आपराधिकसहित कानुनविपरितका काममा सक्रिय रहेको तस्करहरूको समुह आइजी खनालविरुद्ध सक्रिय छ । 

पन्त प्रकरणमा प्रहरीले निरन्तर प्रक्रियाअनुसार अनुसन्धान जारी राखेका बेला घटनामा प्रहरी संगठन प्रमुखलाईमात्र कमजोर बनाउने खेलको षडयन्त्रमा खनालविरुद्ध प्रचारबाजी पनि भइरहेको छ । 

प्रहरी संगठनलाई आइजी अनुकुल भन्दा पनि दलका नेताअनुकुल चलाउने प्रवित्तिका कारणले साना घटना ठूला बन्ने गरेका दृष्टान्त निक्कै छन्, त्यसैमा आपराधिक समुहले आफ्नो सहजका लागि प्रहरी नेतृत्वलाई दोषी देखाउन राजनीतिक तह र जनताको तल्लो तहसम्म सुलसुले खटाउने गर्छन् । 

आइजी खनालले अपराधका सबै ढोका बन्द गरेपछि आत्तिएका तस्करहरू कुनै साधारण मुद्दामा उनीविरुद्धको अभियान चलाउन उद्दत देखिन्छन् । निर्मला पन्त प्रकरणमा पनि त्यहि हुन खोजीरहेको छ । तर, आइजी खनालले अनुसन्धानका लागि डिआइजी बस्नेतको नेतृत्वमा सक्रिय टोली खटाएका छन् जसले घटनाको तथ्य सार्वजनिक गर्नेछ । उनले प्रहरी संगठनको गरिमा बढाउँदै दोषी भनिएकाहरूको निलम्बन पनि गरिसकेका छन् ।  



को हुन् सर्वेन्द्र ?


विश्वका ३७ देशका प्रहरी अधिकृत सम्मिलित तालिममा खनाल सर्वोत्कृष्ट घोषित भएका थिए । 

आचरणविरूद्ध काम गर्ने डिएसपीलाई फुली थुतेर इन्स्पेक्टरमा घटुवा  ।

तराईका जिल्ला हरूमा जालोका रूपमा फैलिएको बालविवाह र दाइजोप्रथा रोक्न खनालले महत्वपूर्ण भूूमिका खेलेका थिए ।

राजनीतिक आडमा हुने संगठित गुन्डागर्दीको जालो च्यात्न सुरू गरेका खनालले मधेसमा हुँदा सशस्त्र समूहलाई निशस्त्र

मधेश सिमानामा लुटपाट गरी भारत लुकेर बस्ने आधा दर्जन हतियारधारी डाँकालाई उनले बिषेश अप्रेशन चलाएर ईन्कान्टर

राजधानीका कुख्यात गुन्डा नाइके कुमार श्रेष्ठ उर्पm घैंटेको इन्काउन्टरदेखि फुटबलको म्याच फिक्सिङमा राष्ट्रिय खेलाडी पक्राउ, इन्धन ठगी प्रकरणमा सह–सचिव पक्राउ गर्न हिम्मत राख्ने खनाल अन्य प्रहरीको प्रेरणा



Post a Comment

0 Comments