Subscribe Us

प्रहरीले प्रमाण कसरी नष्ट गर्न सक्छ ? जहाँ सर्बेन्द छन् /

काठमाडौं । कंचनपूरको अबोध बालिका निर्मला पन्तको बलात्कार पश्चात गरिएको बिभस हत्यामा सगल्न गिरोहलाई नेपालको कानुनले दिने सजयाँ पक्कै कम हुन्छ । बिभिन्न संघ सस्था, महिला अधिकार कर्मी, मानब अधिकार कर्मी, बिभिन्न राजनीतिक दल र पीडित परिवारले माग गरेको फासी सजाय पनि त्यसको परिपुरक भने हुन सक्दैन । 

तर नेपालको कानुनले त्यसलाई बाँधेको छ र निश्चित सजाँय तोकेको छ । यो जघन्य अपराधमा संगलग्न जो कोही भएपनि उम्किन मुस्किल छ । किनकी यो घटना अब कंचनपूर जिल्लाको मात्र नभई एउटा राज्यको ईजत्त सँग जोडिन पुगको छ ।

एक प्रहरीले काम गर्ने ढंग नपुर्याउँदा अहिले पुरै प्रहरी संगठन र राज्य नै बदनाम हुन पुगेको छ । प्रहरी संगठनको ईमान्दारीता प्रति प्रश्न चिन्ह् खडा भएको छ । ७२ हजारको फौजमा एक दुई जना प्रहरीको काम गर्ने तजबिज नपुग्दा यस्ता घटना हरु हुने गरेका छन् ।

 जसका कारण पूरै प्रहरी संगठन बदनाम हुदै आएका छन् । ढंग नपुर्याउने प्रहरी अधिकारीहरु कारवाहीको दायरामा पर्दै जागिर मात्र होईन जेल सम्म पुगेको उदाहरण धेरै छन् । ३३ किलो सुन काण्डले समेत यो कुराको पुष्टि गर्छ ।

ति अधिकारीको ढंग नपुगेको हो वा नियत बस अपराधी बचाउन खोजेको हो भन्ने कुरा छानबिन मै छ । घटनाको अनुसन्धान गर्दा ढंग नपुर्याउने एसपी डिल्ली भट्टलाई त सरकार र प्रहरी संगठनले बचाउने प्रयास गरेन भने प्रहरी संगठनले अपराधी बचाउन खोजेको कुरा कुनै पनि हालतमा स्वकार्र हुदैन र संभब छैन । 

सय अपराधी छुटुन तर एक निर्देशले सजाँय पाउने हुदैन भन्ने हाम्रै कानुनले भन्दै आएको छ । अबोध बालिका निर्मलालाई न्याय दिने र अपराधिलाई सजाँय दिने बहानामा जो कोही पक्राउ गरेर सजाँई दिनु पर्ने अर्को अपराध हो ।

प्रहरीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपराधिलाई प्रमाण सहित कानुनको कठघरामा उभ्याई छाड्छ । त्यसमा दुई मत छैन । तर प्रहरीलाई प्रहरीको तरिकाले काम गर्न दिनु पर्छ । अपराधमा पक्राउ परेका हरेक अभियुक्त कसुरदार ठहर भएको छैन । 
नेपालको फैजदारी मुद्दाका बिगत दश बर्षको तथ्याङ हेर्ने हो भने नेपाल सरकार फौजदारीमा मुद्दामा ८० प्रतिशत असफल भएको छ । त्यसको कारण काम देखाउने र न्याय दिने बहानामा बिना प्रमाण आरोपितलाई कसुरदार ठहर गर्न खोज्नु । यो अर्को अपराध हो । जसमा मुख्य अपराधी उम्कने मौका पाउँछ । 

घटनाको अनुसन्धान तथ्य र प्रमाणमा आधारित हुन पर्छ । कसैको भाबनामा डुबेर, दबाबमा परेर र उत्कृष्ट अनुसन्धान कर्ता बन्ने बहानामा हतासमा गरेको अनुसन्धानले सफल हुन सक्दैन ।  जसले पीडित सधै पीडित नै रहन्छन् भने पीडिकलाई कानुनको दायरामा ल्याउन सक्दैन । व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिदै आएका आईजीपी सर्बेन्द्र खनालको पालामा प्रहरीका एक अधिकारीले चाहेर त्यस्तो जघन्य अपराधका अपराधीला बचाउन खेजे भन्नुमा कुनै दम भने देखीदैन ।

 अनुसन्धानमा ढंग पुर्याएनन् जसको कारण उनको करियरमामा दाग लाग्न पुग्यो । आफू एसपी हुदा डिएसपीको फूली थुतेर ईन्सपेक्टरमा छार्ने हिम्मत राख्ने आईजीपी सर्बेन्द्र खनाल प्रहरी संगठन प्रमुख भएको अबस्थामा कुनै अधिकारीले अपराधीको संरक्षण गर्दै नियत बस प्रमाण नष्ट पार्ने हिम्मत राख्छन् जस्तो मलाई लाग्दैन । 

ति अनुसन्धानमा खटिएका अधिकारीले ढंग पुर्याएको पक्कै हो । जसको कारण उनिहरु आफै कारवाहीको दायरामा छन् । एउटा अधिकारीले अनुसन्धानमा ढंग नपुर्याउँदा पुनः त्यसको अनुसन्धान नै नहुने होईन । याँँहा धेरै अपराध हरु ३० बर्ष पश्ताचा पनि पत्ता लागेका छन् । 

न्यायधिस रणबहादुर बमको हाई प्रोफाईल हत्या दश बर्ष पश्चात प्रहरीले नै पत्ता लगाको हो । दश बर्ष पछि पक्राउ परेका सर्लाहीको बाबु थापा त्यहि केशको अनुसन्धानमा पटक पटक प्रहरीले नियन्णमा लिएर सोधपुछ गर्दै छाडेको थियो । किनकी उसलाई मुद्दा चलाउन प्रहरीसंग एथेष्ट प्रमाणको अभाब थियो । दश बर्ष लगाएर प्रहरीले प्रमाण जुटाएर उसलाई पक्राउ गरेको थियो । थापा अहिले जेलमा छन् । 

अबोध बालिका निर्मला पन्तको हत्यारा जतिसक्दो चाँडो प्रहरीले प्रमाण सहित सार्वजनिक गर्ने छ । उस दिन मात्र थाहा हुन्छ, ति अनुसन्धानमा खटिएका प्रहरीले तिनलाई नियत बस बचाउन खोजेको हो वा अनुसन्धानमा ढंग नपुर्याएको हो । कुमार पराजुली

Post a Comment

0 Comments