Subscribe Us

नर्भिकको मनपरीले बिरामीको निन्द्रा चिलिम

काठमाडौं । यही भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायका प्रावधान राखिएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिँदा चिकित्सकको चरम लापरवाही सतहमा आएको छ । आइतबारदेखि चिकित्सकहरू आन्दोलीत भईरहँदा चिकित्सकको एक लापरवाही फेला परेको हो । 

थापाथलिस्थित रहेको नर्भिक ईन्टरनेशनल अस्पतालमा एक बिरामीलाई दिनुपर्ने औषधि अर्को बिरामीलाई दिएपछि अस्पतालमा चिकित्सक र नर्सको चरम लापरवाही हुने गरेको र यस्तै कारण सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदै आएको दरिलो प्रमाण फेला परेको हो । 

नर्भिको सातौं तल्लाको बेड नं ७०९ मा रहेका सितापाईला मिलनटोलका ५१ बर्षिय अच्युतराज गौतमलाई बेड नम्बर ७०७ मा रहेकी शैलुदेवी यादवलाई दिनु पर्ने औषधि दिईएको पाईएको हो । एक चिकित्सकको सहल्लामा नर्स सुस्मिता कुमारी शाहले उक्त औषधि दिएकी थिईन् । ९ दिन अगाडीदेखि अल्सरको उपचार्थ रहेका गौतमका छोरा मुस्कानराज गौतमले उक्त कुरा थाहा पाएपछि अस्पतालमा हंगामा मच्चिएको थियो । 

अस्पतालमा हल्ला खल्ला भएपछि अस्पलातको कमीकमजोरी ढाकछोप गर्न व्यवस्थापनले तत्काल पीडित पक्षलाई उक्त औषधीको कारण कुनै दुर्घटना भएमा अस्पताल जिम्मेवारी हुने र कुनै समस्या खडा भए देशविदेश लगेर भए पनि उपचार गर्न नर्भिक व्यवस्थापन तयार रहेको भन्दै दुई पक्ष सहमत भएको थियो ।

उता औषधि सिफारिस गर्ने चिकित्सकको बचाउ गर्दै दोष जति नर्स शाहलाई थुपारेर उनलाई कारबाही गरेको समेत नर्भिक व्यवस्थापनले जनाएको छ । स्रोतका अनुसार यस्तै लापरवाहीको कारणले नर्भिकमा धेरैले ज्यान गुमाईसकेका छन् । यो त केबल बाहिर आएको घटना हो ।

यो घटना पनि तत्काल थाहा भएको कारण बिरामीको ज्यान जोगाउन अस्पताल सफल भयो । यदि बिरामीको छोराले उक्त कुरा थाहा नपाएको भए उपचार्थ रहेका गौतमको ज्यान जान पनि सक्थ्यो । यस्तो सहमति आइतबार गरिए पनि पीडितलाई झुक्याउँदै ९ भदौको मितिको सहमतिपत्र नर्भिक व्यवस्थापनले बनाएको थियो । यस अगि नर्भिकले नै चितवनको एक बिरामीको बाँया खुट्टा अप्रेशन गर्नु पर्नेमा दायाँ खुट्टाको अप्रेशन गरेर चरम लापरवाहीको नमुना पेश गरेको थियो । 

Post a Comment

0 Comments