Subscribe Us

डिआईजीका लागि तिव्र प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरीको एआईजी बढुवा भएसँगै डिआईजीको प्रतिस्पर्धामा रहेका एसएसपीहरू दौडधुपमा लागेका छन् । एसएसपी शैलेश थापा, प्रद्युम्नकुमार कार्की, निरजबहादुर शाहि हरिबहादुर पाल र धनश्याम अर्याल डिआईजी बढुवाको प्रमुख प्रतिस्पर्धी हुन् । 

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तीन एआईजीको बढुवा तथा पदस्थापन गराएपछि रिक्त १२ पदमा २९ एसएसपी दौडधुपमा लागेका हुन । दौंडधुपमा एसएसपी पाल, आर्याल, कार्की, शाही र थापासहित पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की छन् ।

त्यसैगरी ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, विश्वराज पोखरेल, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

गत साता तिन डिआईजीलाई एआईजीमा बढुवा गरेपछि प्रहरीमा डिआईजीको ११ पद रिक्त छ भने मानव ओसार पसार नियन्त्रण व्यूरो नामक एक बिभाग थपिएपछि एक डिर्आजीको दरबन्दी पनि थपिएको हो । अब डिआईजीको रिक्त दरबन्दी १२ पुगेको छ । १२ रिक्त पदको लागि २९ एसएसपीको लिगलिगे दौड सुरु भएको छ । स्रोतका अनुसार बढुवाको लाईनमा रहेका एसएसपी मध्ये १ नम्बरमा हरिबहादुर पालको बढुवा हुने सम्भावना छ । 

एक नम्बरमा रहेका शैलेश थापा प्रहरीमा व्यवसायीक प्रहरी अधिकारी भएता पनि उनको कमाण्ड क्षमतामा प्रश्न उठाउँदै हरिबहादुर पाललाई एक नम्बरमा डिआईजी बनाउन सरकारले चाहेको स्रोत बताउँछ । एसएसपी पाललाई संगठनमा ईमान्दारका साथै व्यवसायीक प्रहरी अधिकृत तथा शाहसिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । 

उता उपेन्द्रकान्त अर्याल निकट मानिएका एसएसपी प्रद्युम्न कार्की पनि एक नम्बरमा बढुवाको लागि शक्तिकेन्द्र धाउँदै आएका छन् । एसएसपी बढुवामा दुई नम्बरमा रहेका कार्की पनि प्रहरी संगठन भित्र राम्रो छवी बनाएका प्रहरी अधिकारी हुन् । 

Post a Comment

0 Comments