Subscribe Us

एसिड प्रहार गर्ने पासवान पक्राउ

सागर हुमागाई / रौतहट÷ राती घरमा सुतिरहेको अवस्थामा २ किशोरीलाइ एसिड प्रहार गर्ने १ जनालाइ रौतहट प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका वाडं नं. ६ बजारटोल निवासी जादोलाल दासका छोरी १८ बर्षिया सम्झना दास र १५ बर्षियासुस्मीता दासलाइ एसिड प्रहार गर्ने दास कै छिमेकीु राम बाबु पासवानलाइ प्रहरीले सार्वजनिक गरेको हो ।

 अन्दाजी ५० बर्षिय पासवानलाइ रौतहट प्रहरीले मंगलवार दिउसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अनुसन्धानको क्रममा एसीड प्रहार गर्ने पासवान भएको प्रमाण प्रहरीको हाता लागेपछि उनि पक्राउ परेका हुन । उनि माथी थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिए । 

प्रारम्भीक अनुससन्धान आधारमा किशोरीले पासवानको प्रेम स्वीकारे नगरेपछि एसिड प्रहार गरेको उपरिक्षक ढकालले बताए । 
उपरिक्षक ढकालले पासवानले किशोरी सम्झनाको मोबाइलमा १५ दिन भित्र १ सय १८ पटक एकतर्फी कल गरेको प्रमाण समेत फेला पारेको छ ।

थप अनुसन्धानको लागी प्रहरीले जिल्ला अदालत रौतहटबाट ८ दिनको लागी म्याद थप गरी अनुसन्धान अगाडी बताएको प्रहरीले जनाएको छ । पासवानपिडित परिवार संगै उपचारको सहयोगी बन्दै अस्पताल नै पुगेका थिए ।

दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको बेला पाशवानको पक्राउलाई सफलता हाता परेको छ । मुलुकीअपराध ऐन संहिता २०७४ का अनुसार एसिड प्रहार गरी अनुहारमा कुरुप बनाएमा १ लाख देखी ५ लाख सम्म जरिवाना र शरिरको अन्य अंग कुरुप पारेमा ३ बर्ष जेल र ५० हजार देखी ३ लाख सम्म जरिवाना रहनेप्राबधान छ । 
पछिल्लो समय रौतहटमा बालिका बलात्कार लगायतका घटना बृद्धि भएको छ ।

Post a Comment

0 Comments