Subscribe Us

आक्रमक रुपमा आईजी, बर्खास्तको लागी तयार हुन चेतावनी

काठमाडौं । नेपाल प्रहरीका आईजी सर्बेन्द्र खनालले महानगरीय प्रहरीको आईतवार सात्तो लिएका छन् । कंचनपूरको निर्मला पन्त हत्या काण्ड सेलाउन नपाउँदै शनिवार ९ प्रहरी अख्तियारको फन्दामा परेपछि महानगरीय प्रहरी प्रति आईजी आक्रमक रुपमा प्रस्तुत भएका हुन ।

आईतवार दिउसो नेपाल पुलीस क्लवमा महानगरीय प्रहरी अन्र्तगत सबै युनिटका ईन्चाजलाई बोलाएर आईजी खनालले सात्तो लिएका हुन । महानगरीय आयुक्त कार्यालयका प्रमुख डिआइजी मनोज नेउपाने देखी प्रहरी बिटका हबल्दार समेतलाई ब्रिफिनमा बोलाईको थियो ।

शनिवार साझ अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले कोटेश्वर र काँडाघारीका दुई प्रहरी साहक निरक्षकसहित सात प्रहरी जवानलाई घुस रकम सहित पक्राउ गरेको थियो । आफू मातहतलाई राम्रो संग निगरानी नगरेको भन्दै आईजी खनालले काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई झपारेका थिए । 

आँखामा पट्टि बाँधेर बसेका छौ की, कानमा तेल हालेर सुतेका छौं, भन्दै आईजी खनालले लामालाई झपारेको स्रोतले बतायो । उता शनिवार ९ प्रहरी पक्राउ सँगै आईजी खनालले कोटेश्वर काँडाघारीको प्रहरी प्रमुखको समेत हेरफर गरीसकेका छन् । 

आईतपार नेपाल पुलिस क्लवमा मातहतलाई निर्देशन दिदै आईजी खनालले कुनै पनि अनमियताको जिम्मेवारी त्यसको प्रमुख हुने भन्दै सचेत भएर काम गर्ने निर्देशन दिएका थिए । गलत आचरण भएकालाई संगठनमा ठाउँ नभएको भन्दै आईजी खनाले आचरणमा सुधार नआए बर्खास्तको लागी तयार रहने चेतावनी दिएका थिए । 

Post a Comment

0 Comments