Subscribe Us

अनुसन्धान खोट भेटिए बर्खास्तः आईजी

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या र अनुसन्धानमा खटिएका प्रहरीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको संयोजकत्वमा फेरि अर्को अनुसन्धान समिति गठन गरेको छ । डिआईजी बस्न्यात गत साता एआईजी बढुवाको लागि सिफारिसमा परेको प्रहरी अधिकारी हुन । यसअघि प्रहरी हेटक्वाटरले एसएसपी उत्तमकुमार सुवेदीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । 

एसएसपी सुवेदी पनि आज गठन भएको डिआईजी बस्न्यातको समितिमा नै रहने छन् ।  टोलीमा एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना रहेको प्रधान कार्यालयले जनाएको छ । डिआईजी संयोजक रहेको समितिले निर्मला हत्या काण्डको अनुसन्धानमा खटिएका प्रहरी टोलीले गरेको अनुसन्धानमाथि पनि अनुसन्धान गर्ने छ । 

हत्या काण्डको अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धान नियत बस बङ्ग्याई अपराधिलाई उम्क्याउने प्रयास गरेको पाईएमा उनीहरुलाई बर्खास्त सम्म गर्ने रणनितीमा आईजीपी सर्बेन्द्र खनाल रहेको स्रोतको दाबी छ । 

 यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । गृह मन्त्रालयले अनुसन्धानमा संग्लन ५ जना प्रहरी अधिकृतलाई शनिबारमात्रै निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिदै डिआईजीको संयोजकत्वमा समिति बनाएको हो । 

डिआईजी नेतृव्यको टोलीले अनुसन्धानमा संलग्न निलम्बनमा परेका र अन्य प्रहरीलाई प्रधान कार्यालय झिकाएर बयान लिने र भूमिकाबारे अनुसन्धान सुरु गरेको छ ।  निर्मला बलात्कार र हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि प्रहरी अधिकारीको भूमिका शंकास्पद देखिएको थियो । 

नक्कली अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किदा एक जनाको ज्यान सम्म गएको थियो भने दुई दर्जन बढी घाईते भएका थिए ।

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बन गरिसकेको छ । कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट भने यसअघि नै निलम्बनमा परिसकेका छन । 

Post a Comment

0 Comments