Subscribe Us

डेन्जर जोनमा दुई डिएसपी

काठमाडौं । गत साता कोटेश्वर र काँडाघारीका ९ प्रहरी अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको फन्दामा परेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा काठमाडौं प्रहरीमाथि निगरानी थालेको छ । 

बालुवा तस्करसँग साँठगाँठ गरेर घुस लिएको आरोपमा दुई प्रहरी सहायक निरक्षक र ७ प्रहरी जवान अख्तियारको फन्दामा परेपछि आईजी सचिवालयले काठमाडौं प्रहरीमाथि गोप्य रुपमा निगरानी बढाएको हो । 

काठमाडौं प्रहरीले आफ्ना मातहतलाई निगरानी गर्न नसकेको भन्दै आईजी सर्वेन्द्र खनालले काठमाडौं परिसरका एसएसपी बसन्त लामालाई झपारेका थिए । काठमाडौं परिसरको अप्रेशन राम्रो नभएको निर्णय गर्दै आईजी खनालले आयुक्त कार्यालयका एसपी अशोक सिंहलाई सोमबार परिसरमा काज सरुवा गरेका छन् । 

परिसरका एसपी राम दत्त जोशीलाई सचिवालयमा राखिएको छ । एसपी सिंह अप्रेशनमा काबिल मानिन्छन् । पोखरामा गुण्डागर्दी निस्तेज र प्रहरी भित्रको आचरणमा सुधार ल्याएका सिंहको परिसरमा सरुवा भएसँगै एसएसपी लामालाई पनि राहत मिल्ने चर्चा चलेको छ । 

उता परिसरमा मुद्दा हेर्दै आएका डिएसपी मोहन थापालाई पनि परिवर्तन गर्ने तयारीमा प्रधान कार्याल रहेको छ । एसएसपी विश्व पोखरलेको मिलोमतोमा डिएसपी थापाले अदालतमा विचाराधिन अवस्थामा रहेका मुद्दाका व्यक्तिलाई परिसरमा झिकाएर जबरजस्ती दश करोडसम्मको चेक कटाएको आरोप छ । 

यस्तै खालका आधा दर्जन आर्थीकसँग जोडिएका मुद्दाका बिषयमा आईजी सचिवालय र गृहमन्त्रालयमा डिएसपी थापाविरुद्ध उजुरी परेपछि उनको विकल्पको खोजीमा आईजी सचिवालले गृहकार्य सुरु गरेको स्रोतको भनाई छ । बौद्ध वृत्तका डिएसपी श्याम राईको एक दर्जन भन्दा बढी उजुरी प्रहरी प्रधान कार्यालयको छानबिन शाखामा परेको छ । 

नियमित कामकाज समेत राम्रोसँग नगरेको आरोप छ । बालुवा खानी र अवैध रुपमा नेपाल बसेका तिब्बतीयन नागरीकको पहिचान गरेर उनिहरूबाट डिएसपी राईले मोटो रकम असुल्दै आएको वृत्तका एक जुनियर प्रहरी अधिकृतले बताए । परिसरमा कारवाहीका लागि सिफारिस भएका व्यक्तिलाई समेत राईले संरक्षण गर्दै आएका छन् । 

एक महिना अगाडी काठमाडौं परिसरबाट पक्राउ गरी आवश्यक कारवाही गर्न सिफारिस गरिएका सूर्यबहादुर गुरुङलाई डिएसपी राईले संरक्षण गरेका थिए । कारवाहीका लागि काठमाडौं प्रहरीको पत्रसहित बौद्ध वृत्त पुगेका एक पीडितलाई डिएसपी राईले गुरुङविरुद्धको मुद्दा याँहा दर्ता नहुने भन्दै थर्काएर पठाएका थिए । काठमाडौं परिसरको आदेश समेत नमान्ने गुरुङ यसअघि चापागाँउ वृत्तको प्रमुख हुँदा अवैध ढुंगाखानी र क्रसर उद्योगबाट रकम असुलेका थिए ।

Post a Comment

0 Comments