Subscribe Us

एसीड आक्रमणकारी पक्राऊ नपर्दा स्थानिय आक्रोशित,
उपचार खर्चको अभाबले परिवार तनावमा

सागर हुँमागाई रौतहट , भाद्र ३१ / रौतहटमा दुई दिदी बहिनीलाई सुति रहेको स्थानमा एसिड आक्रमण गर्नेलाई एकसाता बितिसक्दा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन् । 

राती घरमा सुतिरहेको अवस्थामा  चन्द्रपुर ६ बजारटोलकी १८ बर्षिया सम्झना दास र उनकी  १५ बर्षिया बहिनी सुस्मिता दासलाई मंगलबार राती करीव १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर फरार भएका थिए । 

तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो  । 

दिदी सम्झनालाई बहिनी सुस्मिता भन्दा बढी क्षेती भएको छ । सुस्मिताको अनुहारको केही भाग र हातमा जलेपनि सम्झनाको भने अनुहार, आँखा , घाँटी र छातीमा तेजावको कारण जलेको छ । हाल घाइते दुवै दिदी बिहिनीको उपचार  काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको छ । 

राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा एसिड छ्यापेर फरार  भएको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् । आफु घरमा नभएको अवस्थामा यो घट्ना घटेको उनले बताए । 

दिदीबहिनी एउटै खाटमा सुतिरहेको अवस्थामा अचानक एसिड आक्रमण गरेको उनले जानकारी दिए । चन्द्रनिगाहपुर बजारमा पुल हाउस संचालक रहेका दास सो दिन आप्mनो छोरासँग सोही  पुल हाउसमा सुत्न गएका थिए । कान्छी छोरीको अवस्था सामान्य रहेपनि जेठी छोरीको स्थिति भने निकै जटिल रहेको उनले सुनाए ।


यता एसिड आक्रमण भएको चार दिन बितिसक्दा पनि अपराधि पता लगाउन नसकेको भन्दै स्थानिय आक्रोशित बनेका छन् । 

शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासन घटना घटेको साता दिन हुँन लाग्दा पनि केवल अनुसन्धान गर्दै छौ भनेर बस्नुले प्रहरी प्रशासनको कमजोरी रहेको  स्थानिय बताउँछन् । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खड्काले प्रहरी अपराधी पक्राउ गर्न गम्भिर रुपमा लागिपरेको बताउँदै अपराधि चाँडै पक्राउ पर्ने दावी गरेका छन् । 

उनले आफुहरु सुक्ष्म रुपमा घट्नाको अनुसन्धानमा लागेको बताउँदै प्रहरीको प्रहरीको क्षमतामा प्रश्न नउठाउन आग्रह गरे । 

डाक्टरले धेरै खर्च लाग्नसक्ने भनपनि कसरी जुटाउने हो तनावमा दास परिवार रहेका छन् । । हाल साथीभाइहरुसँग सरसापटी गरेर उपचार गरिरहेको बताउँदै पिडितका बुबा जादोलाल दासले सहयोगको लागि सबैलाई अनुरोध गरेका छन् । यता घाइते दिदी बहिनीको लागि स्थानियले चन्दा संकलन सुरु गरेका छन् । 

सामान्य परिवारका दास दास दिदीबहीनीको उपचारको लागि निकै ठुलो रकम खर्च हुने भएपछि स्थानियहरु विभिन्न समुह बनाएर उपचारको खर्च जुटाउन चन्दा सहयोगमा जुटेका छन् । स्थानिय महिला , युवा , बालबालिकाले छुट्टाछुट्टै समुह बनाएर उठाएको सहयोग रकम आइतबार पिडितकै घरमा गएर उनका हजुरबुबा सुकदेव दासलाई हस्तान्तरण गरिएको छ । 

स्थानियले संकलन गरेको रकम २ लाख ३ हजार १९० रुपैयाँ दास दिदीबहीनीको उपचारको लागि हस्तान्तरण गरिएको स्थानिय युवा देव दर्लामी मगरले जानकारी दिए । त्यसै गरी विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले पनि आर्थिक सहयोग गरिरहेको तर त्यो रकम अपुग रहेको स्थानिय युवा आशिष कुश्वारले जानकारी दिए 

Post a Comment

0 Comments