Subscribe Us

माआोबादी लडाकुद्धारा तरुण नगर अध्यक्षको हत्या

भदौ २४, रोल्पा । आपराधिक गिरोहले रोल्पा नगरपालिका तरुण अध्यक्ष रोहित पुन मगरलाई गोली प्रहार गरी हत्या गरेका छन् । रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ सुलीचौरमा मगरको गोली प्रहार गरी हत्या गरिएको हो ।

मगरलाई नगरपालिका–१० घर भएका देव बहादुर घर्तीमगरले अत्याधुनिक पेस्तोलबाट गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

चल । गोली प्रहार गर्ने देबबहादुर  पूर्व माओवादी कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय सुलीचौर अगाडि नै गोली चलेको हो । 

मृतक पुन नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलका नगर अध्यक्ष रहेको खुलेको छ । गोली लागेर ढलेका पुनलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र सुलीचौरमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गोली प्रहार गर्ने घर्तीमगरलाई नियन्त्रणमा लिएको छ । घर्तीले पुनमाथि गोली चलाउनुको कारण  बारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments