Subscribe Us

सिआईबीको फन्दामा सरकारका उपसचिव,
७० करोडको हिनामिना !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धन सम्पत्ति बेचबिखन गरेको आरोपमा १२ जनालाई नियन्णमा लिएको छ ।

सिआइबीले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको शेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सहयोग गरेको प्रमाण फेला पारेपछि कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशीलाई समेत पक्राउ गरेको छ। 

किर्ते कागजपत्रकै आधारमा कम्प्युटरमा रजिस्ट्रेसन गर्ने रजिस्ट्रार कार्यालयकै प्राविधिक शाखाका कर्मचारी आशीष महर्जन र पुष्पकला राईसमेत सिआईबीको फन्दामा परेका छन् भने दुई उपसचिव भने फरार भएका छन् । 

त्यस्तै पक्राउ पर्ने अन्यमा मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका निरजकुमार मानन्धर, रामेछापका जीतबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौँका चिरीबावु महर्जन, बाराका अमृत थापा मगर रहेका छन्।

ब्यूरो स्रोतका अनुसार भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति नियमविपरीत बेचबिखन र नामसारीमा सघाउने उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकाया फरार छन्। उनीहरुले नियम अनुसार काम कारबाही गर्ने भन्दा ठगीमा संलग्नहरुलाई सरकारी कागजपत्र किर्ते गरेर हिस्सेदार बनेको अनुसन्धानमा खुलेको हो। फरार रहेका पौडेल कार्यालयका गुनासो सुन्ने अधिकारी र रोकायालार्इ सूचना अधिकारी तोकिएको थियो। 

यस्तो छ घटना

जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जीतबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएका थिए। जीतबहादुरको समूहले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको असली मालिक जटिया भए पनि किर्ते कागजपत्रका आधारमा शेयरधनी, सञ्चालक र कम्पनीको अध्यक्ष जीतबहादुरलाई बनाएर ७० करोड रुपैयाँ बराबरको सम्पत्ति किनेबचका लागि बैंकमार्फत ३ करोड बैना समेत लिएका थिए।

ब्युरोको अनुसार कम्पनीको नाममा रहेको बालुवाटारस्थित कित्ता नम्बर ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गासहितको घर, सतुंगल– ९ को कित्ता नम्बर १२६ को १५ रोपनी जग्गा र म्याग्दी र नुवाकोटमा रहेको जग्गा वेचबिखन गर्न बैना गर्दै हिँडेका थिए।

जीतबहादुरले हेटौंडाका राजनप्रसाद लम्साल र निरजकुमार मानन्धरको सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी सञ्चालक अध्यक्ष राम निरञ्जन जटियाको नामको सम्पूर्ण शेयरहरू खरीद गरेको भनी कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए। निवेदनपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट जीतबहादुर मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिब ७० करोड रूपैयाँ मुल्यको सम्पत्ति बेचबिखनको काम भएको देखिन्छ।

Post a Comment

0 Comments