Subscribe Us

रौतहटमा एकै साता दुई किशोरी बलात्कृत

सागर हुमागाई,चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित गत मंगलबार बागमती नगरपालिकाको १६ बर्षिय किशोरी बलात्कृत भएकी छिन । 

किशोरी बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलपुरको  रामकृष्ण सहनीलाई पक्रउ गरेको छ।

किशोरीलाई घरबाट फकाएर लैजाने सबितालाई पनी पहरीले पक्राउ गरेको छ। सबिताले किशोरीलाई घरबाट दिउसो  १२ बजे लगेकी थिइन। आफ्नो श्रीमानले  बिदेश बाट पैसा पाठइदिएको र पैसा झिकेर खानेकुरा र कपडा किनिदिने भनेर किशोरीलाई ललाई फकाएर बबिताले लगेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । 

सहनीले पर्यटन स्थल नुनथर  जङ्गलमा बलात्कार गरेको इलाका प्रहरी  चन्द्रनिगाहपुरको डिएसपी युबराज खड्काले बताए। दिउँसो घरबाट लगेको उनि राति घर नर्फेके पछि   खोजी गरिएको थियो । यसैगरी रौतहटको बोधिमाई नगरपालिकामा पनी बुधबार एक बालिका बलात्कृत भएकी छिन । 

बोधिमाई ३ को १३ बर्षियालाई माधवनारायण ४ बस्ने ४२ बर्षिय सुरेश गिरीले झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोप पिडित पक्षले  लगाएका छन।आरोपित गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । गिरीले साना खुट्टाहरु जिउमा निस्किएको गोरु गाउँ गाउँमा घुमाएर पैसा माग्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । 

पिडित बालिकाको केहि दिन देखि हातमा घाउखटिरा  आएको र झारफुक गरेर निको पार्ने भन्दै बिश्वास देखाएका थिए। उनले भुत भगाउनु पर्छ भन्दै बालिकाको घर भन्दा पर बासको घारीमा लगेर बलात्कार गरेको आरोप लागेको छ । रौतहटमा बलात्कार,महिला हिंसा,एसिड आक्रमण जस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गएको छन।यसको नियन्त्रण प्रहरीले गर्न सकिरहेको छैन।

Post a Comment

0 Comments