Subscribe Us

भिआईपी लुटेरामाथी एसएसपीको धावा

काठमाडौं । गाडीको प्रयोग गरेर लुटपाट गर्दै आएको एक गिरोहलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । 
चोरी गर्न प्रयोग गरिएको गाडीसहित प्रहरीले चार जना लुटेरालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुबाट चोरीमा प्रयोग गर्ने औजारहरु समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नंः ५ कोदोखोरिया फाखेल बस्ने वर्ष २६ को सोमलाल स्याङतङ, सोमलाल थिङ्ग (चालक) वर्ष १९ को अमृत भन्ने राजु लामा र वर्ष २३ को कुमार लामा रहेका छन् । प्रहरीका अनुसार आज बिहान ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नंः ९ छम्पी स्थित प्रल्हद बिष्टको घरको झ्यालको ग्रिल फोडी भित्र प्रवेश गरी चोरी गर्दै उनीहरु भागेका थिए । 

सो घटना लगत्तै बिशेष प्रहरी परिचालन गरी ललितपुर भैसेंपार्टीस्थित वाईवाई मोडबाट चोरी गर्न प्रयोग गरिएको गाडी र चार जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरूको साथबाट धनमान एवम् चोरी गर्न प्रयोग हुने औजारहरु समेत पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले वताए । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु श्रृंखलाबद्ध चोरी गिरोहका नाइके नै रहेको र थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए । 

यसअघि प्रहरीले भदौ १७ गते राति करिव १ बजे सानेपा स्थित योगेश श्रेष्ठको घरमा प्रवेश गरी चोरी गर्न लागेको अबस्थामा सुरेश बर्माशाखालाई पक्राउ गरेको थियो । त्यसैगरी ललितपुर तथा काठमाडौंको ठमेल र नयाँ बसपार्क क्षेत्रमा सुनका गहना लुट्दै आएको पेसेवर गिरोह पनि ललितपुर प्रहरीको फन्दामा परिसकेको छ ।

प्रहरी अनुसन्धानबाट खुलेका कुराहरु 
१ः मिति २०७५ भदौ ३१ गते रातको समयमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ५ लेले स्थित गंगाराज थापाले संचालन गरेको स्टेशनरी पसलको ढोकाफोडी नगद      रु। १००००।– चोरी गरेको ।
२ः  मिति २०७५ भदौ १८ गते अन्दाजी रातको १२ः०० बजेको समयमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं ६ टिकाभैरव बजारमा रहेको लुम्बिनी बैंकको झ्यालको ग्रिल फोडी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई चोरी डकैती गरेको ।
 ३ः मिति २०७५ साउन ३१ गते रातको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धीपुरमा रहेको हरि महर्जनले संचालन गरेको सत्य बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी दुईवटा आईफोन लगायत रुः १२५२३९।– बराबरको धनमान चोरी डकैती गरेको । साथै निजहरुको अन्य घटनामा समेत संलग्नता रहेको हुन सक्ने भएकाले थप अनुसन्धान कार्य जारी रहेको छ ।





Post a Comment

0 Comments