Subscribe Us

पशुपतिको नाममा ब्रम्हलुट
अख्तियारको आदेश रद्धिको टोकरीमा

काठमाडौं । देशमा कुनै संकट आईलागे ३ करोड नेपालीले पशुपतिनाथ पुकार्छन् । देश नै पशुपतिको कृपाले टिकेको विश्वास गर्नेहरू झन् धेरै छन् । 

तर त्यहि पशुपतिनाथको नाममा ब्रह्मलुट मच्चाउने गिरोह नै फेला परेको छ । बार्षिक करोडौं रूपैंया आम्दानी हुने पशुपतिनाथ क्षेत्रको स्थित भने भयावह छ । 

धर्म र सेवाको नाममा भ्रष्टचार र अनमियताले सीमा नाघेको छ । 

तर सम्बन्धीत निकाय भने त्यहिँबाट कमिशन असुलेर धर्मको नाममा अपराध गर्दै आएको छ । पशुपतिनाथको नाममा भएको हजार रोपनीभन्दा बढी जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रति रोपनी मासिक ४४ रूपैयाँमा भोगचलन गर्दै आएको छ । जुन जग्गा आजको दिन रोपनीको ५० हजारको दरले भाडामा लगाउन सकिन्छ । 

जसको हिसाब बार्षिक ५० करोड हुन आउँछ । यति ठूलो आम्दानीलाई लुकाएर विकास कोषले नितीगत भ्रष्टाचार गर्दै आएको छ । जुन रकम राजनीतिक दलका नेताको घरमा समेत पुग्ने गरेको कोषका अधिकारीहरू बताउँछन् । भेटीघाटीबाट उठ्ने रकमबाट जेनतेन पूजाआजा चलाउँदै आएको पशुपति विकास कोषले आफ्नै जग्गाबाट चाहिँ न्यूनतम मूल्य पनि उठाउन चासो देखाएको छैन । 

जसबाट पनि अनमियतामा कर्मचारी र कोषका पदअधिकारीको मिलोमतो भएको पुष्टि हुन्छ । कोष सञ्चालक परिषद्को बैठकमा भने सात वर्षदेखि विमानस्थलले बार्षिक तिर्ने रकम अत्यन्त कम भएको भन्दै बढाउनुपर्ने निर्णय हुँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन । 

उता बर्षौंदेखि १६५ वटा फूल पसलको सञ्चालनमा रहेका स्टलबाट कोषले भाडा उठाउन कुनै पहल गरेको छैन । तर कोषका केही पदाधिकारी र कर्मचारीको मिलोमत्तोमा अवैध तरिकाले ति स्टलबाट भाडा बुझ्ने र भाग शान्ति हुने गरेको छ । कोषका अधिकारीको आडमा केही कर्माचारीले विदेशीलाई नक्कली टिकट खडा गरी दैनिक लाखौं रूपैंया असुल्दै आएको प्रमाण फेला पार्दा समेत ति कर्माचारीलाई कारबाहीको सट्टा पुरस्कृत गरिएको थियो । 

पशुपति विकास कोष अन्र्तगत रहेको पार्किङमा समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आदेशको खिल्ली उडाउँदै कोषले बिना टेण्डर पार्किङ कर्मचारीको जिम्मा दिएको छ । बार्षिक २५ लाख भन्दा बढी उठ्ने उक्त पार्किङबाट अहिले कर्मचारीले ६ लाख रूपैंया कोषलाई बुझाउँदै आएका छन् भने २० लाख बराबर भागशान्ति गर्दैै आएका छन् । 

कर्मचारीले पशुपतिलाई सेवा दिने बहानामा करोडौ रूपैंया हिनामिना गर्दै आएपनि सम्बन्धीत निकाय भने मौन रहँदै आएको छ । गत महिना मृर्गको दानामा समेत भ्रष्टाचार भएको प्रमाण फेला परेको थियो । तीन महिनादेखि मृगलाई दाना नदिई घाँसको भरमा राखिएको भेटिएको थियो । तर बिल भने दानाको समेत पेश भएपछि यो कुरा बाहिर आएको हो ।

Post a Comment

0 Comments