Subscribe Us

‘राजा’ साहेव किन रमाउँथे सँधै सुदूरमा !,
साहेवका ३१ सरुवा, १९ सुदूरपश्चिममै

काठमाडौं । ‘एउटाले विरायो सारा पिरायो’ भनेजस्तै नेपाल प्रहरीलाई ६ महिनादेखि भइरहेको छ । 

सुन काण्डमा केही डिआइजीसहितका उच्च प्रहरी अधिकृतहरू मुछिएपछि त्यसको प्रतिरोध गर्न नसक्दै पुनः बलात्कारको अनुसन्धान प्रहरीको लापारवाही देखियो जसले गर्दा गृहमन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीहरू सबै आन्तरिक छानवीनमा परे । 

अनुसन्धानमा खटिने माथिल्लो तहदेखि तल्लो तहसम्मका प्रहरी अधिकृतहरू निलम्बनमा पर्नु प्रहरीसंगठनका लागि दूभाग्र्य हो । 

तर प्रहरी संगठन शुरुमै पहिचान नगर्दा यस्तो दुभाग्र्य आएको हो । तत्कालिन समयमा शेरबहादुर देउवाको सोर्सले जागिर खाएको व्यक्ति उनको जागिरको अधिकांश समय सुदूरपश्चिममै वित्दा पनि प्रहरी संगठनले त्यहाँ नै किन पठायो वा कसको दबाबले त्यहाँ जिल्ला प्रहरी कार्यालयको जिम्मा दियो भन्ने प्रश्न उठेको छ । 

दबाबमा जिल्ला प्रमुख हुने, विभिन्न कार्यालयका इन्चार्ज हुने नालायक नेतृत्वकै कारण सिंगो प्रहरी संगठन र केन्द्रीय नेतृत्व पनि बद्नाम हुन पुगेको छ । 

प्रहरीमा पूर्व डिआइजी गोपाल भण्डारी संगठनमा निकै प्रिय थिए तर उनले एयरपोर्टमा गरेको हर्कतपछि बहालवाल हुँदै निलम्बनमा परे । निलम्बन फूकुवा नहूदै जागिरबाट विदा भए । एसएसपी रवि श्रेष्ठ निलम्बनमा मात्रै परेनन् जागिरबाट बर्खास्त समेत भए । 

गोविन्द निरौला, श्याम खत्रीहरूको हर्कत पनि देखियो यस्तो अवस्थामा प्रहरी संगठनले अपनाउनुपर्ने सावधानीमा कमजोरी देखिएको छ । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा ढिलाइ गरेको आरोपमा निलम्बित कञ्चनपुरका एसपी डिल्लीराज विष्टको जागिरे जीवनको अधिकांश समय हेर्ने हो भने सुदूरपश्चिमकै जिल्लाहरूमा वितेको छ । 

प्रहरी प्रधानकार्यालयले दिएको रेकर्ड अनुसार उनको ३१ पटक सरुवा भएको छ । राजनीतिक पहुँचको आधारमा जागिर खाएका हुनाले आफूलाई राम्रो नलागेको स्थानमा उनी बस्ने गरेका थिएनन् । त्यही पहुँचको आधारमा सरुवा हुदै आएका विष्टले जागिरे जीवनको ३१ पटकको सरुवा भएको थियो जसमा १९ वटा पोष्टिङ सुदूरपश्चिमका अधिकांश जिल्लामा छन् । 

‘प्रहरी सेवामा २०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । त्यसयता ३१ पटक सरुवा भएका उनको १९ वटा पोस्टिङ सुदूरपश्चिममा मात्रै भएको छ, सुदूर पश्चिमभन्दा अन्त उनी जानै नमान्ने जहिले पनि एउटा न एउटा नेताको फेर समातेर पोष्टिङ बदल्न लगाउथे’, प्रधानकार्यालय स्रोतले भन्यो । 

दार्चुला शैलशिखर नगरपालिका साविक गोकुलेश्वर गाविस ९ मा जन्मेका विष्ट तीन दाजुभाइ मध्ये माइला हुन् । हाल कञ्चनपुरकै स्थायी बासिन्दा हुन् । प्रहरी प्रधान कार्यालयले दिएको ट्रायक रेकर्ड अनुसार उनको पहिलो पोस्टिङ अछाममा भएको थियो । 

त्यसपछि डडेलधुरा, टीकापुर, जोगबुढा, दोधारा चाँदनी, डोटीको बुडर, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको बेलौरीमा पुगेका थिए । बीचमा मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गुल्म नेपालगन्ज र रुकुममै प्रहरी निरीक्षकमा सरुवा भए । 
२०६३ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुनेबित्तिकै बैतडी जिल्ला प्रहरी प्रमुख भएको प्रहरी रेकर्डमा देखिन्छ । त्यसपछि उनी दार्चुला जिल्ला प्रहरी प्रमुखमा सरुवा भए । 

सुदूर पश्चिममा हुँदा उनले कांग्रेसको साथ कहिल्यै नछाडेका तर अहिले भने कांग्रेस नेताको फोन समेत उठाउन छाडेका थिए । करिब डेढ वर्षभन्दा बढी उनी बझाङ जिल्ला प्रहरी प्रमुख भएर काम गरे । एक वर्ष हाइटीमा फर्म पुलिस युनिटमा गएका उनी त्यहाँबाट फर्कने बित्तिकै सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल सरुवा भए । 

त्यसपछि सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलमै पोस्टिङ भए । डीएसपीमा कार्यरत हुँदा अधिकांश समय सुदूरपश्चिमका विभिन्न जिल्लाको इञ्चार्ज भएका विष्ट अञ्चल प्रहरी कार्यालय महाकाली र जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भए । 

क्षेत्रीय दंगा नियन्त्रण कार्यालय महेन्द्रनगरमा उनी दुई पटक पोस्टिङ भएका थिए । त्यसपछि केही समय जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सरुवा भएका उनी २०७२ मा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुनेबित्तिकै डोटी जिल्ला प्रहरी कार्यालय प्रमुख भएका थिए । 

त्यसपछि केही समय मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेत सरुवा भए र करिब ६ महिनामै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा काज सरुवा भए । कञ्चनपुरकै स्थायी वासिन्दा भएकाले उनले त्यसअघि दुई वटा हत्या काण्ड हुँदा पनि राम्रोसँग अनुसन्धान नगरी टुग्यांएको आरोप स्थानीय वासिन्दाले लगाएका छन् । 

कसैसँग नबोल्ने सबैले ‘राजा’ साहेव भनेर सम्बोधन गर्नुपर्ने स्थानीय वासिन्दाले उठाएका विषयलाई सँधै वेवास्था गर्ने उनको पुरानो शैली थियो । पछिल्लो पटक पनि प्रहरी महानीरिक्षकलाई नेकपाको ठूलै दबाब लगाएर उनले आफ्नो पोष्टिङ उतै राखेका थिए । पछिल्लो समय उनी कांग्रेस नेताहरू निकै टाढा समेत भएका थिए । 

स्थानीय नेताहरूको त के केन्द्रीय नेताहरूको समेत फोन समेत उठाउन छाडेका थिए । कञ्चनपुरकै नेता एवं पूर्व मन्त्री समेत रहेका रमेश लेखकको फोन समेत उठाएका थिएनन् । स्थानीय राजनीतिक दलहरूसँग उनको सम्बन्ध राम्रो थिएन । कञ्चनपुर घटना भएपछि उनले सबैसँगको सम्बन्ध समेत तोडेका थिए । आफूलाई राजा साहेब ठानेका विष्टले आफ्नो कमजोरीसँगै उनका टिममा रहेका अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा तानेका छन् ।



Post a Comment

0 Comments