Subscribe Us

अनुसन्धानमा खोट देखिए निलम्बन हैन,जेल हाल्छुः आाईजी खनाल

काठमाडौं। प्रहरी महानिरिक्षक (आईजीपी )सर्वेन्द्र खनालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा स्थानीय प्रहरी अधिकृतको गल्ती भएको भन्दै गहन रुपमा अनुसन्धान भइरहेको स्पस्ट परेका छन् ।   
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले गल्ती गर्ने कसैलाई जोगाइ राख्न जरुरी नभएको भन्दै दोशी ठहरिएमा कडा कारबाही हुने स्पष्ट पारेका हुन्।
 ‘अपराध गर्न र त्यसलाई लुकाउन संलग्न भेटिएका सबैलाई कारबाही हुन्छ।’, उनले भने, ‘एसपी डिल्लिराज विष्ट अनुसन्धानमा दोषी देखिए भने निलम्बन मात्र हैन, जेल नै हाल्छु।’ यस्ता घटनाको कोही पनि संरक्षक हुन नसक्ने भन्दै आईजीपी खनालले अपराधीलाई पक्राउ गर्न निरन्तर अनुसन्धान भइरहेको बताए। ‘मलाई पनि अहिले नै अपराधी पक्राउ परेको सुन्न मन छ,’ उनले भने, ‘तर यति सहज रुपमा यो सम्भव नभएको हो।’
 १३ वर्षपछि सुल्झेको ‘वडिखेल हत्या प्रकरण’ सम्झाउँदै आईजीपी खनालले अनुसन्धान समय लगाएर हुने भएकाले धैर्य गर्न आग्रह गरे। ललितपुरको वडिखेलमा भएको एक व्यक्तिको हत्या प्रकरण खनालकै नेतृत्वमा १३ वर्षपछि सुल्झिएको थियो। प्रहरीमा ‘चेन अफ कमान्ड’ कायमै राखेको भन्दै उनले आफूमाथि कुनै पनि राजनीतिक दबाव नरहेकाले अनुसन्धान हुनेमा शंका नर्गन आग्रह गरे।
 अभियोजन नभई अनुसन्धान चलिरहेको समयमा जनदबाव आएपछि अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको उनले बताए। अनुसन्धान पुरा नभई गरिएको उक्त कार्यमा गल्ती भएको उनले स्वीकार गरे। ‘यसरी अनुसन्धान पुरा नहुदाँ जनामासको सम्बोधन गर्न गरिएको उक्त कार्य प्रतित्पादक भयो।’, उनले भने, ‘यसमा प्रहरीको नियत गलत थिएन।’ घटना भएको भोलिपल्टै आफूले आवश्यक निर्देशन दिएको भन्दै आईजीपी खनालले आफूसमेत उक्त क्षेत्रमा गएर वस्तुस्थितिको अवलोकन गरेको जानकारी दिए।

Post a Comment

0 Comments