Subscribe Us

गुण्डा नाईके बस्नेतको भयो मुस्ताङ सरुवा,
कसले चलायो बाटोमा ईन्काउन्टरको हल्ला

काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई मुस्ताङ कारागार चलान गरिएको छ । 

कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई सोमबार बिहान बुद्ध एयरको उडानमार्फत पोखरा हुदै मुस्ताङ चलान गरिएको हो । 

कारागार ब्यवस्थापन विभागको पत्र अनुसार उनलाई यहाँबाट पठाइएको हो,’ जेलर दुलालले भने, ‘उनी यहाँ सामान्य कैदी–बन्दीको हैसियतमा थिए ।’ 

स्रोतका अनुसार बस्नेतले कारागारबाटै असुली धन्दा चलाएपछि गृहमन्त्रालयमा समेत उजुरी परेको थियो । कारागारमा जेल प्रशासन र प्रहरीको मिलोमतोमा ठेक्कासमेत बस्नेतले हत्याएका थिए । उनको आदेश सबैले मान्नु पर्ने थियो । बस्नेतको नियम कानुनमा नमान्दा चौकिदार समेत सरुवा भएका थिए ।  गुण्डा नाईके बस्नेत  निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार हुन । बस्नेतलाई

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी )ले  पक्राउ गरेर १७ मंसिर २०७४ मा सार्वजनिक गरेको थियो । उता बस्नेतको जेल सरुवा सँगै उनका परिवारले प्रहरीले ईन्काउन्टर गर्ने रणनीति अनुसार जेल सरुवाको नाटक गरेको भन्दै जिबनरक्षाको लागी बिभिन्न ठाउँमा मौखिक उजुरी समेत गरेको स्रोतले बतायो । 


Post a Comment

0 Comments