Subscribe Us

बिद्यार्थीको अपहरण पछि हत्या,
दुई अभियुक्त पक्राउ

विरानगर– रकमका लागि एक विद्यार्थीलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर–१७ का २० वर्षीय मोहम्मद सद्दीम हुसेन र सोही स्थानका २१ वर्षीय मोहम्मद आरिफ आलम रहेका छन । 

गौतमबुद्ध मेमोरियल विद्यालय रानीमा कक्षा १० मा अध्ययनरत् विराटनगर–१७ का १७ वर्षीय मोहम्मद अस्फाकको अपहरण गरी हत्या गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

उनीहरुले अस्फाकलाई यही असोज १ गते साँझ ६ बजे विराटनगर–१५ स्थित भन्सार ढाटबाट मदीरा खुवाई विराटनगर–१८ स्थित बुधनगरको एकान्त स्थानमा लगेर ढुङ्गाले हानी हत्या गरिएको थियो । लाशलाई असोज २ गते बिहान ३ वजे विराटनगर–१४ र १७ को सीमानामा पर्ने पैनीमा रहेको ह्यूम पाइपभित्र बोरोले छोपी व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, छिमेकीसमेत रहेका अभियुक्तद्वयले अस्फाकको अभिभावकलाई पटकपटक मोबाइलबाट छोटो सन्देश पठाई रु ५० लाखदेखि रु ५ लाख माग गरेको थियो । टाउको र शरीर छुटिएको तथा कीरा परेको अवस्थामा यही असोज ७ गते उनको लाश ह्यूम पाइपभित्र भेटिएको थियो । अनुसन्धानका क्रममा उक्त तथ्य फेला परेको थियो । 

हत्याको केन्द्रीय अनुसन्धान व्युरो, १ नं प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले  गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । 

दुबै अभियुक्तमाथि अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments