Subscribe Us

कसले जोगायो सुन तस्कर भुसाल ?

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  सुन तस्करी माथिको अनुसन्धान अझै नरोकिएको बताइरहँदा दुबईबाट अवैध रूपमा सुन तस्करी गर्ने गिरोह सक्रिय छ । 

सुन तस्करी र सनम शाक्य हत्याको बिषयमा गठित उच्च स्तरीय सरकारी समितिले सरकारलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन । 

अनुसन्धानको घेरामा उच्च तहका व्यक्तिहरू पनि आएको गृहमन्त्री थापाले अभिव्यक्ति दिँदै आएका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भने सुन बाहिरिने क्रम रोकिएको छैन । गएको दुई महिनामा बिमानस्थलबाट बाहिरीने क्रममा १५ केजी बराबरा सुन बरामद भैसकेको छ । 

उता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले २० महिना अगाडी बरामद गरेको ३३ किलो सुन तस्करका गिरोहले भने उन्मुक्ति पाउँदै आएको खुलासा भएको छ । दुबईबाट नेपालमा सुन तस्करी गर्दै आएको तथा ३३ किलो सुन तस्करीका नाईके रोशन भुसालको समूहले रहस्यमय रूपमा उन्मुक्ति पाएको स्रोतले बतायो । 

भुसाललाई हरिशरण खड्काले सहयोग गर्दै आएका छन् । खड्कालाई ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो । शुरूमा एसएसपी श्याम खत्रीलाई तत्कालीन सीआइबी प्रमुख नवराज सिलवालले नै सुन तस्करीमा पक्राउ गर्दा समेत भुसालको संलग्नता बाहिर आएको थियो  । 

अहिले दुबईमा रहेका सुन तस्करीका नाइके भुसाललाई किन जोगाइयो ? भन्ने प्रश्न अहिले उठेको छ । भुसालसँग पूर्वआईजीपी प्रकाश अर्यालको निरन्तर सम्पर्क रहेको प्रमाण समेत भेटिएको थियो । भुसालले भने सुन तस्करी गरेर पचासौं करोडको सम्पत्ती जोडेका छन्  । तर उनको उक्त अवैध सम्पत्ति बारे सिआईबीले थप अनुसन्धान नगरेपछि तत्कालिन प्रहरीका आईजी अर्याल र भूसालको सम्बन्धका बारेमा खोजी भएको थियो ।  

उनले दुबईमा शंकास्पद रूपमा ९ वटा कम्पनीहरू सञ्चालन गर्दै आएका छन् । हाल दुबईमै रहेका भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता छन् । उनले एउटै बैंकमा सन् २०१६ मा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको तत्कालिन सिआईबीका डिआईजी  सिलवालले पत्ता लगाएका थिए ।

त्यसअघि २०१७ मा ७ करोड २६ लाख रूपैयाँ जम्मा गरेको पनि भेटिएको थियो । भुसालले सन् २००६ मा दुबई जानुभन्दा अगाडि केही समय जग्गाको कारोबार गरेका थिए । त्यसबाट केही आम्दानी भएपछि दुबई हानिएका उनी उतैबाट सुनको धन्दामा सामेल भएको प्रहरीको दाबी छ ।

दुबईमा उनको याक एण्ड ज्वेलर्स ट्रेडिङ, एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टुरेन्टलगायत छन् । उनले २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाख रूपैंयाको स्रोत शंकास्पद रहेको रिपोर्ट प्रहरीले तयार पारेको छ थियो । तर सिआईबीमा पुष्कर कार्की छँदा प्रकाश अर्यालको दबाबमा उनलाई सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न नदिई उन्मुक्ति दिलाईएको स्रोतको दाबी छ । 

२१ पुस २०७३ मा त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको भन्सारबाटै बाहिरिएको ३३ किलो अवैध सुन सिआईबीले बरामत गरेपछि खड्का र भुसाल सुन तस्करका गिरोह रहेको खुलेको थियो 

Post a Comment

0 Comments