Subscribe Us

४३ की पूर्वयुवराज्ञी ,
माताको आदेशले पारससँग टाडा ?

पारिवारिक खटपटले सदाबहार चर्चामा रहेकी ‘शाही सुन्दरी’ अर्ध बैंसमा पनि उस्तै देखिन्छिन्  
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सोमबारदेखि ४३ बर्ष लागेकी छन् । नेपालका आकर्षक महिलाहरूको सूचीमा सँधै पर्ने हिमानी यसबेला भने थाइल्यान्डको बैंकक भ्रमणमा रहेकी छन् । 

पछिल्ला समय सामाजिक काम, धार्मिक अनुष्ठान र राजनीतिक कुटनीतिक विषयमा नै सक्रिय देखिएकी उनी ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाहसँग बैंकक पुगेकी थिइन् ।

बैंककमा छोरी पूर्णिकाको अध्ययन रहेको बताइन्छ । तर, दरबारले यसबारेमा खासै खुलासा गरेको छैन । कतिपयले भने हिमानीसहित शाही परिवारले नेपालमा राजनीतिक परिवर्तनका लागि कुटनीतिक सहयोगी ‘माध्यम’ खोजीरहेको अनुमान गरेका छन् ।

पछिल्ला समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकारहरूसँग शाही खलकको सम्बन्ध बलियो र प्रगाढ बन्दै गएको छ । थाइल्यान्डमा सिद्धार्थ अम्बानी ज्ञानेन्द्र र हिमानीलाई भेट्न आउनु एउटा उदाहरणका रूपमा नै लिइने गरिएको छ । 
१ अक्टुबर १९७६ मा भारतीय सियासती खानदानमा जन्मिएकी हिमानी नेपालमा नै हुर्किएकी हुन् । 

सोही सियासत बझाङ जिल्लामा सरेको थियो । २५ जनवरी २००० मा तत्कालिन शाहज्यादा तथा पूर्वयुवराज पारस शाहसँग उनको बिहे भएको थियो । त्यहाँदेखि उनी दरबारसँग पारिवारिक रूपमा जोडिइन् । १९ जेठ, २०५८ सालमा भएको दरबार हत्याकाण्डपछि नेपाली शाही सियासतमा शाहज्यादीबाट उनले युवराज्ञीको ताज पहिरिएकी थिइन् । धेरैले उनलाई ‘हुन नसकेकी वडामहारानी’ पनि भन्छन् । 

पारसँगको भत्किएको सम्बन्धले उनलाई सँधै केन्द्रविन्दुमा राखेको थियो । पछिल्लो समय गोरखामा हिमानी ट्रष्टका नाममा निर्माण भएको स्कुलको भवन शिल्यान्याशका बेला भने हिमानी पारससँगै देखिएकी थिइन् । त्यसअघि २३ साउनमा उनीहरू पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवका लागि नेपालगञ्जस्थित सोल्टीमा सँगे थिए । 

केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाह परिवार त्रिसरा रेस्टुरेन्टमा ‘डिनर’का लागि पुगेको थियो । त्यसैबेलादेखि पारस–हिमानी सम्बन्ध साँघुरिन थालेको बताइन्छ । त्यहाँ पनि यो जोडी देखिए पनि सँगै बसेका थिएनन् । ‘अहिले पारिवारिक सदस्यहरू एकत्रित हुने क्रम जारी रहेको छ । छोराछोरीको प्रेमका कारणले पनि यो जोडी नजिकिनुको विकल्प छैन’, निर्मलनिवास स्रोतले भन्यो,‘परिवारको एउटा सदस्य नहुँदामात्रै पनि खल्लो हुने भएपछि शाही परिवार एकत्रित हुन थालेको छ ।’

परिवार समेट्नका लागि पूर्ववडामहारनी कोमल राज्यलक्ष्मी शाहको भूमिका प्रमुख रहेको छ । नेपाल फर्किएर पनि छोरा पारस बाहिरमात्र बस्ने र पारिवारिक सम्बन्ध खल्लो देखेपछि उनकै आग्रहमा ज्ञानेन्द्रले पारसका लागि निर्मलनिवासको द्वार खोलेका थिए ।दरबार स्रोतले भन्यो,‘अहिले शाही परिवारमा देखिएको यो सम्बन्ध सुधारले पारस र हिमानी नजिकिएको प्रस्ट छ । त्यसका लागि उनीहरूका छोरी र छोरा हृदयेन्द्रको पनि चाहना देखिन्छ ।’

माताले बनाइन् टाढा ! 

कतिपयले माता सविताले दिएको सुझावका आधारमा हिमानी र पारसको सम्बन्ध सुधार हुनका लागि समय लागेको बताउने गरेका छन् । पतिसँग अझै केही बर्ष बस्न नहुने बसेमा अनिष्ठ हुनसक्ने सुझाव हिमानीलाई माताले भनेकी थिइन् । त्यसो त पारस आफ्नी प्रेमिका कन्निका सँग थाइल्यान्ड बस्न थालेपछि शाही परिवारको उत्तराधिकारीका रूपमा हिमानी नै सक्रिय थिइन् । 

थाइल्यान्ड प्रहरीले पक्राउ गरी जेल हालेपछि पतिलाई छुटाउनका लागि हिमानी नै बैंकक पुगेकी थिइन् । त्यसपछि पारस–हिमानी सम्बन्धमा सुधार आउने थालेको हल्ला चलेको थियो । थाई प्रेमिका कन्निकाको साथ पाउँदा पारसले हिमानीलाई चटक्कै विर्सिएका थिए । कतिसम्म भने कन्निकालाई भेट्नका लागि पारस लाओस् पुगेका थिए । अहिले दुवैबीचको दूरी घटे पनि सँगै भने बस्दैनन् । हिमानी सन्तानसहित निर्मलनिवासमा बस्छिन् भने पारस बिजुलीबजारको अपार्टमेन्टमा बस्दै आएका छन् ।  

Post a Comment

0 Comments